![](https://parsadainik.com/wp-content/uploads/2022/06/khadka.png)
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन् ।
प्रधानसेनापति प्रभुराम शर्माले पनि एसपीपीका बारेमा कुनै पत्र नआएको जानकारी गराए । हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाड्ने प्रयासले बाहिर आएकोसमेत बताए ।