कतारमा उपचार्थ नेपाली नागरिकलाई युवा नेता दुबेले गरे आर्थिक सहयोग, उद्धार गर्न सरकार संग आग्रह

बारा, ८ बैशाख / बिदेशी मुलुक कतारमा गएका नेपाली नागरिक बिरामी भई उपचार गराइरहेको अवस्थामा युवा नेता तथा समाजसेवी उमेश दुबेले आर्थिक सहयोग गर्दै नेपाल सरकार संग उद्धार गर्न आग्रह गरेका छन । फेटा गाउपालिका वडा नम्बर ७ निवासी समसुल मिया अंसारी काम गर्न उदेश्यले कतार पुगेपनि बिरामी भई बिगत चार महिनादेखी अस्पतालमा उपचार्थ रहेको बताउदै नेपाल सरकार संग उद्धार गर्न दुबेले आग्रह गरेका हुन ।
नेपाली नागरिकको जिउधनको ग्यारेन्टी गर्ने नेपाल सरकार बिदेशमा अलपत्र अवस्थामा रहेका ३८ बर्षिय सुमसुल मिया अंसारीलाई उद्धार गर्नै पर्ने अवस्था देखिएकोले सरकार उदासिन नभई उद्धार कार्यतर्फ उन्मुख हुनै पर्ने दुवेले बताउनु भयो । उहाले निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने गम्हरीया टोल निवासी अंसारीको बिषयमा माननीय ज्वाला साहलाइ जानकारी गराउदै उद्धार कार्यमा मदत पुरयाउन सुझाव दिएको बताउनु भयो । युवा नेता दुवेले आर्थिक सहयोग स्वरुप ५ हजार रुपैया प्रदान गर्दै नेपाली नागरिकको हैसियतले आ आफ्नो ठाउहरुबाट सहयोग गर्न अपिल समेत गर्नुभयो ।
यता स्थानीय सुनिल साहले निर्वाचित नेताहरु उद्धार गर्न पहल नगरे कडा कदम चाल्ने बताउनु भयो । उहाले एकातिर रोजगारी दिन नसक्ने नेपाल सरकार, उद्धार कार्यमा समेत बेवास्ता गरे स्थानीय युवाहरु कडा कदम चाल्न सक्ने प्रवल सम्भावना रहेको बताउनु भयो । जनताकै एकाधिकार मतबाट निर्वाचित हुने र जनतालाई नै बेवास्ता गरे पश्चात गाउ प्रवेश निषेध गर्न सकिने समेत बताउन्ु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय