
बारा, ११ माघ / स्थानीय तहमा निर्वाचित भए लगतै तनाशाह रूपमा काम गर्न थालिएकोले पचरौता नगरपालिकाले बिकासको गति लिन नसकेको आरोप स्थानीयहरूको रहेको छ । बारा जिल्लाको पचरौता नगरपालिकाका मेयरको रूपमा जलन्धर सिंह निर्वाचित भए लगतै तानाशाह प्रविर्तीले काम गर्न थालेपछी बिकासको गति लिन नसकेको आरोप स्थानीयहरूले लगाएका हुन ।
पचरौता नगरपालिकामा मेयर सिंह निर्वाचित भए पश्चात कार्यकर्ता पेट पाल्ने काम मात्र गरेको आरोप स्थानीयहरुले लगाएका छन । विकास निर्माण र जनताको हक हितमा काम गर्ने वाचा सहित निर्वाचित भएका मेयर सिंहले कुनैपनि काम जनताको हकमा नगरेको आरोप स्थानीयहरुले मिडिया माझ दुखेसो पोखेका छन । स्थानीयहरुका अनुसार आफु पढे लेखेको बताउने मेयर जलन्धर सिंह जनताको हकमा अनभिज्ञ नै रहेको बताए ।
एक जना अर्का स्थानीयका अनुसार पचरौता नगरपालिकामा छुटयाइने बजेटमा अधिकांश ठेक्का मेयर सिंहकै आसेपासेले लिने गरेको बताए । उनका अनुसार पचरौता नगरपालिकाको अधिकांश वडा अध्यक्षहरु संग समेत बिभेद भएको बताए । आफ्नो प्यानलबाट निर्वाचित हुनेहरु र अर्को प्यानलबाट निर्वाचित हुने वडा अध्यक्षहरुको बजेटमा समेत बिभेद गरिएको स्थानीयहरुले दुखेसो पोखे । स्थानीयहरुको मर्मलाई पाखा लगाउदै मेयर जलन्धर सिंहले मनोपोली तरिकाले विकास निर्माण कार्यको थालनी गर्न थालेपछि बिवाद समेत उत्पन्न भएको जनाइएको छ । केहि दिन अगाडी मात्रै सर्वसधारण जनता माथि मुख छोडेको भन्दै हातपातसम्मको अवस्था श्रृजना भएको स्थानीयहरु बताउछन ।
त्यति मात्र नभई आफ्नो पदको दम्भ बताउदै पचरौता नगरपालिकाको विकास निर्माण लगायत पचरौतामा भएको गतिविधि बारे समाजिक संजालमा लेख्नेहरु माथि मुद्दा समेत दायर गर्न लगाइएको खुलेको छ । केहि दिन अगाडी मेयर जलन्धर सिंहको काला कर्तुत बारे समाजिक संजालमा लेख्ने करिब ७ जना माथि मुद्दा दर्ता गर्न लगाइएको बताइन्छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बारा श्रोतले जानकारी दिए अनुसार आफ्नो पदको दम्भ बताउदै मुद्दा जसरी भएपनि दर्ता हुनु पर्ने दवाव दिए पश्चात मुद्दा दर्ता गरिएको बताए ।
पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले एक्लौटी रुपले आफ्नो कामको थालनी गरेको बिषयमा मुद्दा काण्डले बिफल बारे स्पष्ट पार्दछ । आफ्नो कामलाई सुधार गर्नु पर्ने ठाउमा समाजिक संजालको माध्यमले अवगत गराइरहेका सर्वसधारण जनता माथि मुद्दा दर्ता गराउनुले मेयर जलन्धर सिंहको स्वार्थ र हैक्मवादीको गन्ध आउन थालिएको स्पष्ट बुझन सकिन्छ ।