जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले यज्ञ सुरु हुन अगावै गरे अवलोकन

बारा, १२ बैशाख / बाराको फेटा गाउपालिकामा हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका मेयरको उम्मेदवार उमेश दुबेले अवलोकन गरेका छन । फेटा गाउपालिका वडा नम्बर २ जगतपुर टोलमा बैशाख १७ गतेदेखी हुन गइरहेको श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको युवा नेता दुबेले अवलोकन गरेका हुन ।
शुक्रवार बिहान अवलोकन गर्ने क्रममा जनमत पार्टीका केन्द्रिय सदस्य दुबेले आर्थिक मन्दीको समयमा पनि युवाहरुले आयोजना गरेको महायज्ञको प्रशंसा गर्दै सुरक्षा व्यवस्थामा समेत ध्यान पुरयाउन सुझाव दिएका थिए । हाल मुलुक लगायत छिमेकी मुलुकमा समेत सम्प्रदायीक द्वन्द फैलिएको बेला यज्ञमा कुनै किसिमको बाधा अडचन अथवा खल्ल पुरयाउने कार्य नहोस भन्दै सुरक्षा व्यवस्थामा निगरानी बढाउने सुझाएका थिए ।
अवलोकनको क्रममा श्री लक्ष्मी नारायण महायज्ञ एवम श्रीराम जानकी, शिव पारवती मन्दिर प्राण प्रतिस्ठानको नाममा युवा नेता दुबेले दश हजार नगद समितिमा दिएको स्थानीय वडा अध्यक्ष नरेश पटेलले जानकारी दिनुभयो । उहाले यज्ञ जगतपुरको लागि मात्र नभई सम्पूर्ण फेटा गाउवासीको लागि रहेको बताउदै आ—आफ्नो ठाउहरुबाट सहयोग स्वरुप आर्थिक संकलन गर्ने कार्य भइरहेको बताउनु भयो । फेटा गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष नरेश पटेलले आ—आफ्नो ठाउहरुबाट यज्ञमा सहयोग गर्न अपिल समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय