
बारा, ३० माघ / नेपाली काङ्ग्रेस, एमाले, जसपा लगायत विभिन्न पार्टी परित्याग गरि ५५ जना युवा जनमत पार्टीमा प्रवेश गरेका छन । युवा जनमत संघ बाराले आयोजना गरेको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ५५ जना युवा जनमत पार्टीमा प्रवेश गरेका हुन ।
जनमत पार्टीका केन्द्रिय राजनीति समिति सदस्य प्रभु पटेलको प्रमुख अतिथिमा सम्पन्न युवा नगर भेलाको अवसरमा विभिन्न पार्टी परित्याग गर्दै युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन । अब कुनैपनि पार्टी माथी बिश्वास नभएको भन्दै जनमत पार्टीमा प्रवेश गरिएको युवाहरू बताउछन । मधेस आन्दोलनको नाममा मधेसी सहादत बिरहरूको अपमान गर्ने पार्टी कदापी स्विकार नहुने बताउदै जनमत पार्टीमा प्रवेश गरिएको युवाहरू बताए ।
कार्यक्रमको बिशिस्ट अतिथि जनमत पार्टीका केन्द्रिय सदस्य रन्जित साह, बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल, कलैया नगर अध्यक्ष राजदेव ठाकुर लगायत उपस्थितमा नगर भेलाबाट अध्यक्षमा शेसनाथ सहनी, उपाध्यक्षमा राजकुमार साह, उपाध्यक्ष अमृता कर्ण, सचिव जितेन्द्र साह, सह सचिव दिनानाथ साह, कोषाध्यक्ष राहुल राजदेव कुमार सिंह, सदस्य धेनुक पटेल, सियाराम राम मोतीलाल पटेल, राजू ठाकुर, अरुण कुशवाहा र दीपेश यादव रहने गरि ५५ सदस्यसिय युवा नगर समिति गठन गरिएको बारा जिल्ला जिल्ला इन्चार्ज शिवनाथ पटेलले जानकारी दिनुभयो ।