काठमाडौं । प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु बालुवाटार गएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न उनीहरु सोमबार बिहान बालुवाटार गएका हुन्।
प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएको एक नेताले पुष्टि गरेका छन्।


















