सुन/चाँदीको भाउमा गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला तीनसय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा झरेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार रुपैयाँमा आइपुगेको छ।

महासंघका अनुसार चाँदीको भाउ पनि आइतबार प्रतितोला १० रुपैयाँले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय