पर्साको बहुदरमाईमा जुवा हुँदै, संरक्षण गर्दै पर्सा प्रहरी

देवेन्द्र यादव
वीरगंज । पर्साको बहुदरमाई नगरपालिकामा जुवा सुरु भएको छ । पछिल्लो समय वीरगंजको मुर्लीमा हुँदै आएको जुवा अहिले बहुदरमाई वडा नं. १ बिश्रामपुरमा सुरु भएको छ ।
पर्साका नामुद जुवाडे रबिन्द्र कुशवाहाले आफ्नै गाउँ बिश्रामपुरको एक बगैचास्थित फुसको झोपडीमा जुवा खेलाईरहेको नाम नराख्ने शर्तमा एक जना स्थानीयले बताएका छन् । ईलाका प्रहरी कार्यालय पोखरिया, स्थानीय प्रहरी चौकी लगायत जिल्ला प्रहरीलाई नै मिलाई रबिन्द्र कुशवाहाले दिनहु लाखौंको जुवा खेलाईरहेका छन् ।
पछिल्लो समय वीरगंजको मुर्लीमा हुँदै आएको जुवा झण्डै तीन महिनासम्म रोकिएपनि अहिले भने पर्साको ग्रामिण भेगमा पर्ने बिश्रामपुरको उक्त जुवा पर्सा प्रहरीकै संरक्षणमा करिब दुई हप्तादेखी हुँदै आएको छ । रबिन्द्र कुशवाहाले संचालन गरेको जुवामा भारतका रक्सौलका सुरेश लगायत अन्य जुवाडेहरु खेलिरहेका छन् भने हेटौंडा, रौतहट, सर्लाही हुँदै धनुषासम्मका जुवाडेहरु आउने गरेको स्थानीयले बताएका छन् । जुवाको संरक्षण जिल्ला प्रहरी कार्यालयदेखी स्थानीय प्रहरीले नै गर्न थालेपछि उक्त ठाउँमा खुलेयाम जुवा भईरहेको स्थानीयको आरोप छ । दिनहु लाखौंको बाजी हुने उक्त जुवा खेलबाटै रकम छुट्याएर प्रहरीलाई दिईने गरिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय