‘सम्झना बिर्सना’असार ३१ मा प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’ असार ३१ मा प्रदर्शन हुने भएको छ ।

यो चलचित्रमा आकाश श्रेष्ठ र पूजा शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। पूजा र आकाशको जोडीसँगै यो चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा पनि शिर्ष भूमिकामा देखिनेछन्।

निमेष प्रधानले निर्देशन गरेको चलचित्र दार्जिलिङ, सिलगुढी र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको छ। निर्देशक प्रधानकै कथा तथा पटकथा रहेको चलचित्रको संवाद लेखनमा निर्देशक प्रधानलाई अभिनेता शिशिर राणाले साथ दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय