बारा / हैजा प्रकोपको जोखिमपूर्ण समयमा स्थानीय पालिकाहरू आ-आफ्नो ठाउहरूलाइ हाइ अलर्टमा राखिरहेको अवस्थामा फेटा गाउपालिकाको स्वास्थय चौकी प्रमुख र स्वास्थय शाखा प्रमुख भारत भ्रमण गएको बारे जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार फेटा गाउपालिकाको सातवटै वडाको स्वास्थय प्रमुख र स्वास्थय शाखा प्रमुख भारत भ्रमण गएको बारे बताइएको हो ।
बाराको स्थानीय पालिकाहरू मध्ये बिश्रामपुर गाउपालिका, प्रसौनी गाउपालिका, परवानिपुर गाउपालिका, कलैया उप-महानगरपालिका लगायतका स्थानीय पालिकाहरूले हाइ अलर्ट बारे जानकारी गराउदै बिरामी बिदा बाहेक कुनै किसिमको बिदा नपाइने सार्वजनिक गरेको अवस्थामा फेटा गाउपालिकाले अटेरी गर्दै जनताको जिवधन सङ्ग खेलवाड नै गरेको पाइन्छ । आफुलाइ भिजनवाला मेयर बताउने फेटा गाउपालिकाको रूस्तम अन्सारीले मनोपोली तरिकाले जनताको जिउधनको ख्याल नै नगरी भारत भ्रमणमा स्वास्थय चौकी प्रमुखहरूलाइ पठाएको बिषय प्रती जनता असन्तुष्ट भएको स्थानीयहरू बताउछन । स्थानीयहरूका अनुसार भिजन भिजन भन्दै कराउदै जनताको मतबाट निर्वाचित भएका मेयर रूस्तम अन्सारीले हालको समयमा पैसा कमाउने मिसनमा लागेको बताए ।
फेटा गाउपालिका स्वास्थ्य शाखा प्रमुख राम मनोहर साह, वडा नम्बर १ स्वास्थय चौकी प्रमूख अमित लाल यादव, वडा नम्बर २ स्वास्थय चौकी प्रमुख अरविन्द कुमार चौधरी, वडा नम्बर ३ लालबाबु प्रसाद, वडा नम्बर ४ बडेलाल प्रसाद साहले घर बिदा, वडा नम्बर ५ शिवजी साह, वडा नम्बर ६ सुनिता साह महिला भएर जानु भएन, वडा नम्बर ७ अनिल कुमार साह सहित लेखा पाल भोला यादव र सुजित साह समेत भारत भ्रमणमा गएको खुलेको छ । हैजाको प्रकोप दिन प्रती दिन फैलिदै गएको अवस्थामा स्वास्थय प्रमुखहरू भारत भ्रमण जानू भनेको लाजस्पद कुरा रहेको स्थानीयहरू बताउछन । मेयर रूस्तम अन्सारीले कस्तो खालको भिजन लिएर आएको बारे दुखेसो पोख्दै अब उप्रान्त यस्ता मेयरलाइ निर्वाचित नगराउन फेटा गाउपालिकावासीमा चर्चा हुँदै गएको छ ।
यता यस बिषयमा हालसालै फेटा गाउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा सरूवा भइ आग्मन हुनु भएका राकेश ओझा सङ्ग सम्पर्क गर्न खोज्दा फोन उठेन भने फेटा गाउपालिकाका मेयर रूस्तम अन्सारीले सम्पर्कमा आउन चाहेन्न । यस गम्भीर बिषयमा समबन्धित निकायको ध्यान पुग्न अवाश्यक देखिन्छ ।


















