पर्सा जिल्लामा खानेपानीको भीषण हाहाकार, वीरगंजमा गुप्ताको मानवीय पहल ट्याङ्कीमार्फत घर–घरमा निःशुल्क पानी वितरण

वीरगंज, २५ असार। पर्सा जिल्लाको प्रमुख सहर वीरगंजमा पछिल्ला केही महिनादेखि खानेपानीको अभाव चरम सीमामा पुगेको छ। चापाकलहरू सुकेपछि दैनिक उपभोग्य पानीसमेत जुटाउन सर्वसाधारणलाई घण्टौंसम्म धाउनु पर्ने अवस्था सिर्जना भएको छ। स्थानीय सरकार र सम्बन्धित निकायबाट तत्काल समाधान नआउँदा आमनागरिक थप पीडित भइरहेका छन्।

यस्तो विकराल संकटको घडीमा वीरगंज महानगरपालिका–१० का वडा अध्यक्ष पदका उम्मेदवार एवं समाजसेवी अजय कुमार गुप्ताले जनताको पीडालाई बुझ्दै मानवीय पहल थालेका छन्। उहाँले निजी प्रयासमा सखुवा प्रसौनी गाउँपालिकाबाट दमकलमार्फत पानी ल्याई वडाभित्र ट्याङ्कीमा भरेर घर–घरमा निःशुल्क वितरण गर्दै आउनुभएको छ।

गुप्ताले स्वयं बासिन्दाको घर–घरमा पुगेर पानी बाँडिरहेका छन्, जसले उहाँको सेवा भाव र जनप्रतिबद्धतालाई स्पष्ट पार्दछ। “यो कुनै प्रचारको प्रयास होइन, संकटमा परेका नागरिकप्रतिको उत्तरदायित्व हो,” गुप्ताले भने। उहाँले पानीको समस्या समाधान नभएसम्म यो सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउनुभएको छ।

यस कार्यमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराएर सहयोग पुर्याएका छन्। वीरगंजका विभिन्न वडामा पानी वितरणमा पक्षपात भएको गुनासो उठिरहेका बेला समाजसेवी गुप्ताले आमनागरिकलाई प्राथमिकतामा राखी सबैलाई समानरूपमा सेवा प्रदान गर्नु उल्लेखनीय र अनुकरणीय बनाएको छ।

स्थानीयवासीहरूले गुप्ताको यो कार्यलाई ‘मानवता र समर्पणको प्रतीक’ भन्दै खुलेर प्रशंसा गरेका छन्। एक स्थानीय नागरिकले भने, “जब सबै चुप छन्, त्यतिबेला गुप्ताज्यूको यस्तो कदमले साँच्चिकै राहत दिएको छ।”

पर्सा जिल्लाको राजधानी वीरगंजमा देखिएको यो पानी संकटले राज्यको आधारभूत सेवा प्रवाहमा गम्भीर प्रश्न उठाइरहेको बेला अजय गुप्ताको यो पहलकदमीले संकटको सामना गर्न सकिने उदाहरण स्थापित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय