अब भ्रष्ट नेता र जनता बिच प्रतिस्पर्धा हुने —केन्द्रिय सदस्य दुबे

बारा, ८ भाद्र / बारामा मात्र नभई मधेस प्रदेशको आठवटै जिल्लाका जनताहरु जनमत पार्टीको पक्षमा उभिने तयारी रहेको केन्द्रिय सदस्य दुबेले ठोकुवा गर्नु भएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका अध्यक्ष पदको उम्मेदवार उमेश दुबेले मिसन २०८४ अन्तर्गत स्थानीय तथा तिन तहकै निर्वाचनको समयमा जनमत पार्टीको पक्षमा मधेसी जनता उभिने तयारी गरेको बताएका हुन ।
जनमत पार्टी, मधेसी जनताको आशा र भरोसा रहेको कारण पनि मधेसी जनता यसपालि जनमतकै पक्षमा उभिने विश्वास लिएको दुबेले बताउनु भयो । यस पत्रिका संग कुरा गर्दै जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेले मधेसीको नाममा पटक पटक राजनीति गरी सता र भतामा सिमित हुने पार्टीहरुलाई यसपालि जनताले पहिचान गरिसकेको बताउदै जनमत बाहेक कुनै बिकल्प नरहेको बताउनु भयो । मधेसी समुदायको हक अधिकारको पक्षमा बराम्वार अवाज उठाउदै आएका डा. सि.के राउत नेतृत्वको जनमत पार्टी प्रति विश्वास गर्दै मिसन २०८४ अन्तर्गत तिन तहकै निर्वाचनमा मधेसी जनता जनमतकै पक्षमा उभिने दुबेले बताउनु भयो ।
सबै पार्टीमा सबै नेता इमान्दार हुदैन्न तर सबै पार्टीमा सबै नेता भ्रष्टाचारी पनि हुदैन्न, उनले भने । विगतको दिनमा स्थानीय तहको निर्वाचनमा भ्रष्टाचारको आरोप लगाउदै जनताले पराजित गराएका नेतालाई बहिस्कार नै गरिएको दुबेले बताए । भ्रष्टाचार मुक्त अभियान, भ्रष्टाचार मुक्त पार्टी, भ्रष्टाचार मुक्त समाज निर्माण गर्नको लागी त्यस्ता ठग, त्यस्ता भ्रष्टाचारी नेताहरुलाई पार्टीका अगुवाहरुले समयमै पहिचान गरी पार्टी भित्र प्रवेशमा रोक लगाए मात्र भ्रष्टाचार मुक्त पार्टी निर्माण गर्न सकिने बताउनु भयो । डा. सि.के राउत नेतृत्वको जनमत पार्टीमा भ्रष्टाचार गर्ने, दलाली गर्ने, हैकम्वादी गर्नेहरु जस्ताको लागि कुनै ठाउ नरहेको बताउनु भयो ।
जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका अध्यक्षको भावी उम्मेदवार उमेश दुबेले मिसन २०८४ अन्तर्गत भ्रष्टचारको बिरुद्ध जनता लागि परेको बताउनु भयो । स्थानीय पालिका गठन भएको करिब ९ बर्ष बित्न लाग्दा समेत कुनै किसिमको काम नगरेका नेताहरुलाई जनताहरुले पहिचान गरिसकेको र अगामी दिनमा डा. सि.के राउत नेतृत्वको जनमत पार्टीलाई निर्वाचित गराउने विश्वास लिएको, उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय