
बारा, माघ / बारा जिल्लाको मुख्य नाकाको रूपमा रहेको मटिअर्वा छोटी भन्सारबाट भारतीय सवारी साधन जाँच पासको लागि इजाजत दिनुपर्ने युवा नेता उमेश दुबेले माङ्ग गरेका छन । अर्थ मन्त्रालय मातहात रहेको मटिअर्वा छोटी भन्सारबाट हालसम्म भारतीय सवारी साधनलाइ जाँच पासको इजाजत नदिनुले अर्थ मन्त्री सहित बारा जिल्ला र खास गरि क्षेत्र नम्बर ३ का निर्वाचित नेताहरूको दोधारो नीति रहेको बारे प्रष्ट भएको युवा नेता दुबेले बताउनु भएको हो ।
तीन तहकै निर्वाचनको समयमा ठुला ठुला भासण गरि जनतालाइ झुक्याइ निर्वाचित हुने नेताहरू हालसम्म भारतीय सवारी साधन जाँच पासको बिषयमा केही बोल्न नसक्नुले उनिहरूलाइ जनताले बिफल नेताको रूपमा मानिन थालिएको दुबेले बताए । फेटा गाउपालिका वडा नम्बर ७ निवासी उमेश दुबेले यस दैनिक सङ्ग कुरा गर्दै भारतबाट इन्ट्रीको भरमा मटिअर्वा छोटी भन्सार हुदै नेपाल भित्रिने भारतीय सवारी साधनलाई प्रहरीले विभिन्न किसिमको बहानामा दुख दिने गरेको बताए ।
नेपाल र भारत बिच रोटी बेटीको सम्बन्ध रहेको, उनले थपे । उनले मटिअर्वा छोटी भन्सार हुँदै नेपाल भित्रिने भारतीय सवारी साधनको लागि समय तोकिएको कारण बिहेबारीको समयमा विभिन्न किसिमको समस्या उतपन्न हुने गरेको बताए । स्थानीय नेताहरू अथवा नेताहरूको आसेपासेको घरमा बिहेबारी हुदा स्थानीय प्रहरी पनि सहयोग गर्ने गरेको देखिन्छन तर त्यही गरिब र निमुखाको घरमा बिहेबारी हुदा भारतीय सवारी साधनका चालकहरूका साथै गरिब र निमुखाहरू पटक पटक प्रहरीको दुर्वहारको सिकार हुनु परेको उनले दुखेसो पोखे । आखिर त्यो गरिब र निमुखाको लागि बोली दिने को ? पटक पटक यो समस्याको समाधानको लागि अवाज उठाइ दिने को ? भन्दै प्रश्न तेर्साए ।
सता र भातामा सिमित हुने हाम्रा देशका नेताहरू जनताको हकहितमा खासै काम गर्न नसकेको आरोप समेत युवा नेता दुबेले लगाए । उनले बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित तीन तहकै नेताहरू निर्वाचनको समयमा मटिअर्वा छोटी भन्सारको बिषयमा सान्सदमा पुगि अवाज उठाउने जनतालाई आश्वासन दिएपनी हालसम्म छोटी भन्सारको बिषयमा कुनै किसिमको चासो नबताएको आरोप लगाए ।
बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ एमालेबाट सान्सदमा ज्वाला कुमारी साह, बिधायक महम्द समिर, रबिन दास श्रेष्ठका साथै कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह समेत निर्वाचित भएको करिब ३ बर्ष बित्न लाग्दा केही वास्ता नगर्नुले नेताहरूको दोधारो नीति बारे प्रष्ट भएको उनले बताए । हाल अर्थ मन्त्री एमाले पार्टीकै बिस्नु पौडेल यथावत रहेको समयमा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकै बर्चस्व भएपनी मटीअर्वा छोटी भन्सारबाट भारतीय सवारी साधन जाँच पास हुन नसक्नुले निर्वाचित सान्सद र मेयर माथी प्रश्न चिन्ह खडा भएको युवा नेता दुबेले भने । उनले क्षेत्र नम्बर ३ बाट निर्वाचित नेताहरू अहिलेपनी मटिअर्वा छोटी भन्सारको बिषयमा चुप बसे कडा प्रतिकार गर्दै आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । सँम्भार: शुभ आरम्भ राष्ट्रिय दैनिक