बारा एसपी तमाङ्गको कडा निर्देशन पश्चात् धमाधम लागू औषध बरामद

बारा,/ जिल्ला प्रहरी कार्यालय बाराको कमान्ड सम्भालन साथ प्रहरी उपरीक्षक सन्तोष तमाङ्गले जिल्लाको मातहत रहेका सबै युनिटलाइ कडा रूपले निगरानी बढाउन आदेश दिएका छन । लागू औषध ओसार पोसारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको बारामा अब उप्रान्त कुनै किसिमको लागू औषध कारोबारीलाइ नछोडिने भन्दै प्रहरी उपरीक्षक तमाङ्गले सबै युनिट कमान्डरलाइ ठाडो निर्देशन दिनुको साथै लागू औषध ओसार पोसार गर्नेहरूका लागि कठोर बन्दै गएका हुन ।

जिल्ला प्रहरी कार्यालय बाराको कमान्ड सम्भालेको एक हप्ता नबित्दै लागू औषध कारोबारीका साथै गलत क्रियाकलाप गर्नेहरूका लागि बारा प्रहरी कठोर बन्दै गएको हालको प्रगतिले प्रष्ट पारेको छ । बिगतका दिनहरूमा बाराको सिम्रौणगढ नाका हुँदै व्यापक रूपमा लागू औषध गाजाको तस्करी फस्टाएको थियो तर एसपी सन्तोष तमाङ्गको कडा निर्देशन पश्चात् ६३ किलो लागू औषध गाजा सहित २ थान मोटरसाइकल नियन्त्रणमा लिन बारा प्रहरी सफल भएको हो ।

बिशेष सुचना आउनसाथ प्रहरी उपरीक्षक सन्तोष तमाङ्गको ठाडो निर्देशनमा गत आइतवार राती करिब १० बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौणगढ र प्रहरी चौकी खजानीबाट खटिएको प्रहरी टोलिले ६३ किलो लागू औषध गाजा सहित २ थान मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको बताए । मोटरसाइकलको माध्यमले लागू औषध गाजा नेपालबाट भारत तर्फ गइरहेको सुचना पाए पश्चात् प्रहरी टोलि परिचालन गरिएको, प्रहरी उपरीक्षक तमाङ्गले बताए । बा. प्रदेश-०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नं. को मोटरसाईकलमा लागू औषध गाजा लोड गरि भारत तर्फ लग्ने क्रममा खटाइएको प्रहरीलाई देख्नसाथ फरार भएको, उनले बताए । ४ वटा पोकामा रहेको ६३ किलो २ सय ग्राम लागू औषध गाजा सहित दुइटै मोटरसाइकल नियन्त्रणमा लिइ अवाश्यक कारवाही अगाडी बढाइएको प्रहरी उपरीक्षक तमाङ्गले बताए ।

यस दैनिक पत्रीका सङ्ग कुरा गर्दै प्रहरी उपरीक्षक तमाङ्गले आफू रहुन्जेल लागू औषध कारोबारीलाई तह लगाएरै छोडने बताएका छन । लागू औषध सेवनकर्ताले अपराधी गतिविधि बढन सक्ने भएकोले जिल्लाको मातहात रहेका सबै कमान्डरलाइ कडा रूपले निगरानी बढाउन निर्देशन दिएको बताउनु भयो । उहाले लागू औषध कारोबारीका साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउदै नियन्त्रणमा लिने आदेश गरेको बताउनु भयो । सँम्भार शुभ आरम्भ राष्ट्रिय दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय