बारामा ६३ किलो लागु औषध गाँजासहित दुई मोटरसाइकल प्रहरीको नियन्त्रणमा

कलैया । बारा प्रहरीले ६३ किलो लागु औषध गाँजासहित दुई मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा आइतबार इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगँज खजानीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले ६३ किलो लागु औषध गाँजासहित दुई मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो ।

जिल्लाको सुबर्ण गाउँपालिका – ३ बकतौरा स्थित नेपालबाट भारत तर्फ जाँदै गरेको बा. प्रदेश-०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाईकल चालकले प्रहरीलाई देखी मोटरसाईकल छाडी फरार भएका थिए ।

मोटरसाईकलमा लोड रहेको उक्त लागु औषध गाँजासहित मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलबाट ६३ किलो २०० ग्राम ४ पोका लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उक्त लागू औषधसहित मोटरसाईकललाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय