
बिरगंज : जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले शुक्रबार आफ्नो कार्यभार सम्हाले छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा ,सुर्खेतबाट सरुवा भई आएका एसपी तामाङ्गले कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
एसपी तामाङ्गलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा,प्रहरी निरीक्षक लगायतका सिनियर प्रहरी अधिकारी तथा प्रहरी जवानहरूले स्वागत गरेका थिए।