
मनोहर यादब
बारा, २० माघ / सीमा नाकाबाट अबैध क्रियाकलाप गर्ने तस्करहरू सङ्ग कुनै किसिमको साटघाट गर्ने सशस्त्र प्रहरीका कर्मचारीलाइ कारवाही गर्ने सशस्त्र प्रहरीका डिआइजी कालिदास धौवजिले बताएका छन । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिणी बर्दिवासका प्रमुख डिआइजी कालिदास दौवजुले यस दैनिक सङ्ग कुरा गर्दै मधेस प्रदेशको कुनै जिल्लाको सीमा नाकाहरूबाट तस्करी गर्ने गिरोह सङ्ग आफ्नो मिलोमतो नरहेको र तस्कर सङ्ग साटघाट अर्थात मिलोमतो गर्ने प्रहरीलाई कारवाही गर्नबाट पछि नहटने बताएका हुन ।
पर्सा, बारा, रौतहट लगायत मधेस प्रदेशका सीमा नाका स्थित सबै बिओपी, प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुखहरूलाइ कडा निर्देशन दिएको बताउनु भयो । सशस्त्र प्रहरी बल नेपाल संगठनको नीति निर्देशन विपरित कार्य कसैलाइ गर्न छुट नभएको र त्यसतो किसिमको लापरबाही र साटघाट गर्ने प्रहरीलाई कारवाही गरिने बताउनु भएको हो ।
नेपाल र भारतको खुल्ला सीमा नाका भएकोले सशस्त्र प्रहरीको लागि चुनौतीपूर्ण बिषय रहेपनी आफ्नो पेशामा इमान्दारीता पूर्वक कार्य गर्दै जाने सबै कमान्डरलाइ सुझाएका थिए । उनका अनुसार सीमाबाट पूर्णरूपले तस्करी रोकिन नसकिने भएपनी आफ्नो पेशा प्रती इमान्दार रहि त्यसता गतिविधि गर्नेहरू माथी निगरानी बढाउन निर्देशन दिएको बताए ।