डिआइजी गणेश ठाडामगर नेतृत्वको गढीमाई बाहिनी उत्कृष्ट घोषित, प्रधानमन्त्रीद्वारा सम्मानित गरिने

काठमाडौ: सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्ष सर्वोत्तम बाहिनी कार्यालयको रुपमा चयन भएको छ। डिआइजी गणेश ठाडामगरको कुशल नेतृत्वमा यो बाहिनी २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा सम्मानित गरिन लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ ९ गते आयोजित विशेष कार्यक्रममा गढीमाई बाहिनीका बाहिनीपति डिआइजी ठाडामगरलाई उत्कृष्टताको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयको स्थायी आदेश २०८० अनुसार गरिएको वार्षिक निरीक्षणमा आठ बाहिनी मध्ये गढीमाई बाहिनी सर्वोत्कृष्ट बनेको हो।

यसअघि डिआइजी ठाडामगर मधेश प्रदेशका छिन्नमस्ता बाहिनीको नेतृत्वमा रहेका बेला पनि उक्त प्रदेशलाई उत्कृष्ट बनाएका थिए। उनको नेतृत्वमा सशस्त्र प्रहरी बलको अनुशासन, दक्षता, र कार्यक्षमतामा निरन्तर सुधार देखिएको छ। उनी जुन स्तरको कामाण्ड तथा तालीम देखि नै उत्कृष्ट हुँदै आएका ब्यक्ति हुन। डिआइजी ठाडामगरको नेतृत्वदायी भूमिका डिआइजी गणेश ठाडामगरको एक वर्षे कार्यकाल म्याद थप भएसँगै, उनको नेतृत्वले सशस्त्र प्रहरी बलको व्यवस्थापन र तालिमको स्तरमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। उनको समर्पणले गढीमाई बाहिनीलाई राष्ट्रिय स्तरमा उदाहरणीय बनाएको सशस्त्र प्रहरी बलका अधिकारीहरूले बताएका छन्।

गढीमाई बाहिनीको यो सफलता सशस्त्र प्रहरी बलको अनुशासन, दक्षता, र संकट व्यवस्थापनमा उनको भूमिकालाई अझै प्रभावकारी बनाउने मार्गदर्शन बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय