मनोहर यादव
२०८१ पुष १३, शनिबार
बिरगंज
सशस्त्र प्रहरी बल¸ नेपाल र भारतीय सशस्त्र सीमा बल (SSB) बीच नियमित रुपमा हुँदै आईरहेको समन्वयात्मक बैठकको सशस्त्र प्रहरी बल¸ नेपाल नं.2 छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा (DIG Level Counterparts Co-ordination Meeting) सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल (SSB) बीच नियमित रुपमा हुने DIG स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल¸ नेपाल नं.2 छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको हो। उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल¸ नेपाल नं.2 छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बल (SSB) को सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका DIG Dipak Kumar, IPS ¸ Sector Headquarters Purnea का सेक्टर कमाण्डर DIG Rajesh Tikku¸ र Sector Headquarters Bettiah का सेक्टर कमाण्डर DIG S. Subramaniam¸ को उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल¸ नेपालका गणपतिहरु ,निमित्त गणपतिहरु लगायतका अधिकृतहरुको उपस्थिति रहेको थियो भने SSB का बटालियन कमाण्डेन्टहरु¸ लगायतको उपस्थिति रहेको थियो।
बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण¸ सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्ने नं.2बाहिनीले जानकारी गराएको छ।