क्याकुसिन करातेको डोजोमा प्रति महिना ५ हजार रकम दिने दुबेको घोषणा

बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको क्याकुसिन करातेको डोजोमा प्रति महिना ५ हजारको दरले रकम दिने दुबेले घोषणा गर्नुभएको छ । महिलाको साथि सखि संस्थाको छैठो बार्षिक सधारण सभाको अवसरमा आयोजित कार्यक्रममा फेटा गाउपालिका वडा नम्बर ७ निवासी पत्रकार तथा समाजसेवी उमेश दुबेले क्याकुसिन कराते डोजोमा प्रति महिना ५ हजार रकम दिने घोषणा गर्नु भएको हो ।
पत्रकारिता पेशाको साथ साथै समाज सेवामा निरन्तर खटिरहेका समाजसेवी उमेश दुबेले खेलाडीहरुको मनोबल खस्न नदिने, खेलाडीहरुको भावना तथा उर्जामा थप मदत पुग्ने आशा र विश्वासका साथ प्रति महिना डोजोमा रकम दिने घोषणा गरिएको बताए । उहाले स्थानीय सरकारले आ—आफनो ठाउहरुबाट खेलाडीहरुका लागि योजना छुटयाउने काम गरेतापनि फेटा गाउपालिकाको हकमा खेलाडीहरु निरास रहेका बताउनु भयो । फेटा गाउपालिकाको ७ वटै वडाहरुका खेलाडीहरुलाई स्थानीय सरकारले बन्चित गर्न खोजेको आरोप लगाउदै खेलाडीहरुतर्फ ध्यान पुरयाउन हालका मेयरलाई आग्रह गर्नुभयो ।
सखि संस्थाले आयोजना गरेको कार्यक्रममा युवा नेता उमेश कुश्वाहाले संस्था र सहयोगी हात भनिएका बिक्की कुश्वाहा, राजेश कुश्वाहा संगै राजनीतिमा फेटा गाउपालिकामा उदाउदो किरणको रुपमा मानिन थालिएका समाजसेवी उमेश दुबेले गरिरहेको कार्यको प्रशंसा गरेका थिए । उहाले दलित समुदायका बालबालिका अध्यणबाट बन्चित रहेका बेला यहि सहयोगी हातहरुका कारण हाल बिद्यालयमा अध्यण गरिरहेको बताए । उहाले स्थानीय स्तरले गर्न नसकेको काम युवाहरुले गरेर देखाएको र सबै युवा एकजुट भए अवश्य नै भ्रष्टाचारको अन्तय हुने बताए ।
यता प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद प्रसाद जैश्वालले सखि संस्था फेटा गाउपालिकामा दर्ता रहेका कारण सहयोग गर्न नसकिएको बताएका थिए । सखि संस्थाले गरेको कार्य सराहनीय रहेपनि स्थानीय सरकारको नजर पुग्न नसकेको बताएका थिए । उनका अनुसार सखि संस्थाले आयोजना गरेको कार्यक्रममा क्याकुसिन करातेको डोजो सहित संस्थालाई समेत अगामी दिनमा सहयोग गरिने वाचा गरेका थिए । कार्यक्रममा प्रसौनी गाउपालिकाका उपाध्यक्ष लगायत सयौको संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय