गढीमाई मेलाको शान्ति सुव्यवस्था कायम राख्न कुनै किसिमको कसर बाकी नराख्ने द्वय एसपीको प्रतिवद्धता

मनोहर यादब
बारा, ८ मंसिर / विश्व प्रसिद्ध गढीमाई मेलामा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले कुनै किसिमको कसर बाकी नराख्ने प्रहरी उपरीक्षक खडकाले जानकारी दिनुभयो । विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारी नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायत व्यापक रुपमा सादा पोशाकमा प्रहरीलाई परिचालन गरिने तयारी पुरा भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी दिनु भएको हो ।
बाराबाट प्रकाशित शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिका संग कुरा गर्दै प्रहरी उपरीक्षक खडकाले पाचबर्षिय मेलाको नामले विश्वभरी नाम कमाएको गढीमाई मेलाको अवसरमा शान्ति सुरक्षाको जिम्मेवारी बहन गरिरहेका प्रहरीहरुलाई व्यापक रुपमा परिचालन गरिने तयारी पुरा भएको जानकारी दिनुभयो । उहाले मेला अवधि भरी करिब १४ सय भन्दा बढी प्रहरीहरुलाई परिचालन गरिने बताउनु भएको हो । मेलाको अवसरमा शान्ति सुरक्षाको ध्यानमा राख्दै करिब १३ सय नेपाल प्रहरीका कर्मचारी र सादा पोशाकमा करिब एक सयको हराहरी गरी प्रहरी परिचालन गरिने बताउनु भएको हो ।
त्यस्तै नेपाल राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिम किरण बोगटीले करिब २ सय २५ जना भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने बताउनु भयो । उहाले सुरक्षाको मध्य नजर गर्दै गढीमाई मेलाको अवसरमा करिब २ सय २५ जना भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने बताउनु भयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट समेत करिब ६ सय भन्दा बढी सशस्त्र प्रहरीलाई परिचालन गरिने बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक संतोष सिंहले विश्व प्रसिद्ध गढीमाई मेलामा सशस्त्र प्रहरीको तर्फबाट मेलामा मात्र करिब ६ सय सशस्त्र प्रहरीको कर्मचारीहरु परिचालन गरिने बताउनु भयो । उहाले सीमा लगायत जिल्लाको भित्रि भेगहरुमा समेत सुरक्षा प्रदान गरिने भएकोले अवाश्यकता अनुसार प्रहरीलाई परिचालन गरिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय