पुलिस अफ द मन्थ’ बनिन् इन्स्पेक्टर मिश्रा

बिरगंज । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) निकिता कुमारी मिश्रालाई असोज महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषणा गरिएको छ ।प्रहरी कार्यालयले उनीप्रति सम्मान व्यक्त गर्दै प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीको हातबाट प्रशंसा पत्रसहितको सम्मान प्रदान गरेको हो ।प्रहरी निरीक्षक मिश्राले घरेलु हिंसा र लैङ्गिक हिंसासम्बन्धी ३६ वटा उजुरीहरूलाई सफलता पूर्वक अनुसन्धान गरी निस्कर्षमा पुर्याएकी छन्। उनले गाउँ समाज, स्थानीय जनप्रतिनिधि, तथा पक्ष-विपक्षसँग समन्वय गर्दै उजुरीहरूको छानबिन र समाधानमा योगदान पुर्याएकी छिन्।सामुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न संघसंस्थासँग मिलेर सचेतना अभिवृद्धि गर्न प्रभात फेरी कार्यक्रम, जनकपुर नगरी सरसफाई, जेष्ठ नागरिक दिवस, र मानव बेचबिखन विरोधी कार्यक्रमहरू सफलतापूर्वक संचालन गरेकी छन् ।
यस अतिरिक्त, उनले अवैध भन्सार चोरी निकासी नियन्त्रणमा पनि प्रभावशाली भूमिका निर्वाह गर्दै रु २९ लाख २९ हजार ६२० बराबरको सामान नियन्त्रणमा लिई राजस्व वृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएकी छिन् ।उनको अपराध अनुसन्धान र अनुशासित कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै उनीलाई असोज महिनाको ुउत्कृष्ट प्रहरीु को रूपमा सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय