६९ औं प्रहरी दिवसको मूल समारोह जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा सम्पन्न ।

बिरगंज ।।
“अपराध रोक्ने सङ्कल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान”, “ साईबर सुरक्षा आजको आवश्यकता” भन्ने मूख्य नाराको साथ नेपाल प्रहरीले मनाईरहेको ६९ औं प्रहरी दिवसको मूल समारोह जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा सम्पन्न ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय पर्सालाई विभिन्न अवस्थामा योगदान गर्ने व्यक्ति तथा संघसंस्थालाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।

उपस्थित अतिथीहरुलाई धन्यवाद ज्ञापन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताउनुभयो । प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक भारतीले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुभकामना सन्देश समेत बाचन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय