
बिरगंज १९।। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले जिल्ला पर्सा बिरगंज म.न.पा-१६ ईनर्वा स्थित बिभिन्न सिमानाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छलि BR 05 AM 6515 नं. को स्कुटर तथा अन्य बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. १०,१२,३८७।- बराबरको कपडा, जुता, ब्यक्तिले प्रयोग गर्ने नर्मल औषधि, मोटरपाट्स, कस्मेटिक सामान र किराना, सामानहरु बरामद गरि स्कुटरको भन्सार मुल्य रु. १,७५,०००।- मुल्याङ्कन गरि स्कुटर सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल १३ न. गण
सूचना अधिकारी स.प्र.ना.उ. नरेन्द्र सिंह धामी जान्कारी दिएका छ्न।