देबेन्द्र यादब
विशेष सुचनाको आधारमा असोज १६ गते लागू औषध नियन्त्रण व्यूरो कार्यालय वीरगन्ज र ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएका संयुक्त प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप महानगरपालिका वडा न ७ स्थित रहेको बैदेही पेट्रोल पम्प नजिक चेकजाच गर्ने क्रममा लागु औषध ब्राउन सुगर १० ग्राम सहित दुई जनालाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा वीरगन्ज म.न.पा. वडा नं. ३१ बस्ने वर्ष १८ को साविर अंसारी र वीरगन्ज म.न.पा.वडा नं. २१ बस्ने वर्ष ५८ को बिरेन्द्र साह रहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
वीरगन्जबाट जीतपुरतर्फ आउदै गरेको ना २२ प ९९९४ नम्बरको मोटरसाइकललाई रोकि चेकजाच गर्दा मोटरसाइकलमा पछाडी सवार बिरेन्द्र साहले पाइन्टको पकेटमा लुकाइ छिपाइ लगी रहेको सो परिमाणको लागूऔषध ब्राउन सुगर बरामद गरी ईलाका प्रहरी कार्यालय सिमराबाट लागूऔषध मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भइरहेको डिएसपी सापकोटाले जनाए।