बारा प्रहरीको चाडपर्व सुरक्षा योजनाः एक हजार भन्दा बढी प्रहरी परिचालन, कुकुरबाट निगरानी

कलैया, १६ असोज
बारा प्रहरीले दसैँ–तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदैँ गरेको चाँडपर्वलाई मध्यनजर गरेर प्रहरीले मंगलबार एक पत्रकार सम्मेलन मार्फत आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो ।

प्रहरीले शान्तिपूर्ण चाँडपर्व मनाउनका लागि सुरक्षाका लागि एक हजार भन्दा बढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।

दसैँ तिहारको मौका छोपी हुने चोरी डकैती तथा लुटपाटका घटनालाई न्यूनीकरण गर्न एक हजार १५ जना प्रहरी परिचालन गर्ने योजना बनाएको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले जानकारीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरीलाई प्रभावकारीरूपमा परिचालन गरी चुस्त दुरुस्त कारबाही र शीघ्र सेवा तथा सहज पहुँचको व्यवस्था मिलाइएको छ ।

हत्या, अपहरण, ठगी, चोरी, महिला हिंसालगायतका आपराधिक क्रियाकलापहरू हुन नदिइ शान्ति सुरक्षा कायम राख्न जिल्लाभर व्यापक प्रहरी परिचालन गरिएको प्रहरी दाबी छ ।

कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अबैध मदिरा विक्री वितरण, आगजनी, विष्फोटन, तस्करी, चोरी निकासी, ट्राफिक दुर्घटनालाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, रािष्ट्रय अनुसन्धान कार्यालयसँग समन्वय गरी थप जनशक्ति परिचालन गरिने सुरक्षा योजनामा खाँका बनाइएको छ ।

त्यसको अलावा बढी भीडभाड हुने स्थानहरू, व्यापारीक केन्द्र, वित्तीय सस्था, बैंक तथा सुन पसलमा सिसिटीभी क्यामाराबाट उच्च निगरानी राखिने तयारी उनले बताए ।

सवारी साधनको ‘गति’ नियन्त्रणका लागि विभिन्न स्थानमा आकस्मिक चेकजाँच तथा ‘राडर गन’ को प्रयोग तथा मेकानिकल चेकजाँच तथा मोटरसाइकल गस्ती लगायतका सुरक्षा जाँच गरिने बारा प्रहरीको योजना छ ।

यस्तै विस्फोटक पदार्थ एवम् लागु औषध चेकजाँचका लागि कुकुर परिचालन गरिने जिल्ला प्रहरी कार्यालय बाराको योजना छ ।

कसरी हुन्छ प्रहरी परिचालन ?

प्रहरीले सुरक्षा योजनालाई सफल बनाउन १५ थरिका ‘ड्यूटी’ को व्यवस्था मिलाएको छ । भयरहित वातावरणमा चाँडपर्व मनाउनका लागि प्रहरीले ड्यूटी चेकिङ तथा अनुुगमन, मोबाइल गस्ती, हाइवे गस्ती, रात्री बसमा ड्यूटी, मोटरसाइकल गस्ती, पैदल गस्ती, क्यूआरटी टोली,सूचना संकलन, यात्रु सहायता कक्ष, भिग्रेस चेकिङ, घटना अनुसन्धान, ब्रेथालाइजरको प्रयोग, कार्यालय ड्यूटीसहितका योजनाहरु लागू गर्ने भएको छ ।

प्रहरीले सबैभन्दा बढी पिकेटतर्फ प्रहरी टोली खटाउने छ, जसमा २९० जना प्रहरी परिचालन गर्ने तयारी प्रहरीको छ ।

त्यसपछि मोबाइल गस्ती २०८, कार्यालय ड्युटी १२०, भिग्रेस चेकिङतर्फ ९१ जना प्रहरी परिचालन गर्ने छ ।

यस्तै मोबाइल गस्ती ८२, अन्य ड्युटी ५८, घटना अनुसन्धान १७, यात्रु सहायता कक्ष २२, सूचना संकलन १६ परिचालित रहनेछन् ।

यसैगरी क्यूआरटी÷रिजर्भ टोली ३०, पैदल गस्ती ३३, रात्री बसमा ड्युटी १४, हाइवे गस्ती १० र ड्युटी अनुगमन तथा चेकिङमा १४ जना गरि जिल्लाभर एक हजार १५ परिचालन गर्ने प्रहरीको रणनीति छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय