मनोहर यादब
वीरगंज/पर्साको ड्राईपोर्टमा रहेको ट्राफिक प्रहरी पोस्टमा प्रहरी सहायक निरीक्षक बलिराम चौधरीको आगमनसँगै असुली धन्दा फस्टाएको जनगुनासोहरू आउन थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको अति सम्वेदनशील र व्यस्त सड़क आइसीपी-वीरगंज-सुख्खा बन्दरगाह व्यापक रुपमा असुली धन्दा सञ्चालनमा असइ बलिराम चौधरीले ल्याएको बताइन्छ ।
क्षमताभन्दा बढी ओभर लोड सामान बोकेका कारण राजमार्ग तथा अन्य सडकहरू निर्माण गरिएको केही महिनामा नै भत्कने र तत्काल निर्माण गर्न नसक्दा झन् जीर्ण हुने कार्य बढी हुन थालेपछि वीरगंज सिर्सिया ड्राइपोर्ट तथा विभिन्न उद्योग कल कारखानाबाट निस्कने मालबाहक सवारी साधनमा क्षमताको परिधि निर्धारण गरिएको थियो ।
सुरुमा सो कार्यलाई प्रहरी र ट्राफिक प्रहरीले समेत अति कडाइका साथ लागु गरेका कारण पक्की सडकहरू भत्किएका थिएनन् ।
तर, पछिल्लो समय ओभर लोडबाट नै ट्राफिक प्रहरीले कमिसन खान थालेपछि सडक भत्कने क्रम बढ्दो छ ।
ओभरलोडको कमिशनको पैसा ड्राईपोर्टका प्रहरी सहायक निरीक्षकले आफ्नो घर पठाउने गरेकाछ्न ।।
प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया समेत बलिराम चौधरी ले गुम्राह पारेको श्रोतले बताएको छ ।
ओभर लोड गरि समान ढुवानी गर्ने उद्योग धन्दा, व्यवसायी लगायतसँग सेटिंग मिलाउने र निर्वाध रुपमा ओहोर दोहोर गर्न छूट दिएपछि ट्राफिक प्रहरीहरू मोटाए पनि यस क्षेत्रको बाटो अति जीर्ण भई दिनहुँ जसो दुर्घटनाको जोखिम बढेको बताइन्छ ।
सड़क क्षमता भन्दा बढ़ी ओभर लोड भएका सवारी साधनलाई नेपाल प्रहरीले रोक्ने र ट्राफिक प्रहरीले जरिवाना गर्ने सहमति भएकोमा पछिल्लो समय यस्ता ओभरलोड भएका सवारी साधनलाई कारवाही नगरी कमिसन लिएर छोड्ने गरिएको छ ।
सो क्षेत्रबाट सेटिंग गरेपछि हिँड्ने गाड़ी चेक पोस्टमा पुग्दा ड्राईभरले “फलानो साहूको गाड़ी हो” भनेपछि ट्राफिक प्रहरीले कुनै किसिमको चेकजाँच नगरी जान दिने तथा सेटिंग गर्ने गाड़ीवाललाई कारवाही नगर्ने गरिएको जोकोहिले देख्न सक्छन् ।
आइसीपी, ड्राईपोर्ट हुँदै परवानीपुर पथ्लैया भएर १०, १२ र १६ चक्के ओभरलोडका ठूला मालबाहक गाडीहरू निस्कने गर्दछन् । झण्डै दैनिक १०० देखि २०० वटा गाडीहरू सो क्षेत्र भइ गन्तव्य तर्फ जाने गरेका छन् ।
कमीशन र सेटिंग मिलाएर ड्राईपोर्ट पोस्ट गएका ट्राफिक प्रहरी सहायक निरीक्षक बलिराम चौधरी भने निर्वाध रुपमा प्रहरी आचरण विपरीतका काममा व्यस्त छन् ।
ट्राफिक व्यवस्थापन अति नै फितलो हुँदा सर्वसाधारण नागरिकहरू सड़क दुर्घटनामा परेर अकाल मृत्युको शिकार भैरहका छन्।
प्रहरी सहायक निरीक्षक बलिराम चौधरी लाई कर्वाही न भएपछी स्पस्ट बुझिन्छ् कि मधेश प्रदेश का एस्पिको मिलोमतो देखिन्छ ।।। के हुन्छ हेर्न बाकी छ।