तस्करसंग बिक्यो सशस्त्रका डिएसपी, डिआईजी र एसपी मुख दर्शक

देवेन्द्र यादव,
वीरगंज । पर्सामा तस्करीले चरम सिमा नाघेको छ । अवैध कारोबार चोरी तस्करी नियन्त्रण गर्ने प्रहरी अधिकारीहरुकै संरक्षणमा खुलेयाम तस्करी भईरहेको छ । सीमानाकाबाट हुने तस्करी लगायतका अवैध गतिविधी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ–ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरे पनि पर्साको अलौं, झौवागुठ्ठी, अमरपट्टी, प्रसौनीभाठ्ठा लगायतको नाकाहरुबाट प्रहरीकै संरक्षणमा खुलेयाम तस्करी भईरहेको छ ।
बर्दीको आडमा सशस्त्र प्रहरी बल अलौंका डिएसपी विकास अधिकारीले सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाल र सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजी कालिदास धौवजीलाई चुनौती दिदै दर्शनौं तस्कर समूहहरुको तस्करीको लाईन चलाएको पाईएको छ ।
भारतसंग सीमा जोडिएको पर्साको अलौं, झौवाठ्ठी, अमरपट्टी र प्रसौनीभाठ्ठा नाकाहरुबाट सशस्त्र प्रहरी बल अलौंका डिएसपी विकास अधिकारीको संरक्षणमा लता कपडा, हार्डवेयर, मोबाईल र मोबाईल पार्टस, औषधी, किराना पसल, इलेक्ट्रिक, प्याज लगायतका सामानको तस्करी भईरहेको छ । पर्साको अलौ,झौवाठ्ठी नाकाहरुबाट तस्करी गर्ने तस्करहरुसंग सशस्त्रका डिएसपी विकास अधिकारीले तस्करी वापत रकम असुल्ने गरेको स्रोतले जनाएको छ ।
निरज र धिरज भन्ने व्यापारीले मोटरसाईकलमा दिनहु २ लाख बढिको इलेक्ट्रिक पार्टपूर्जा, औषधी लगायतका तस्करी गर्ने गरेका छन् भने सोही नाकाबाट जटधारी र राजेश तस्कहरको समूहले दिनहु १० लाख भन्दा बढिको प्याज, मरिच र काजुको तस्करी गर्ने गरेको स्रोतको दाबी छ ।
यस्तै, पंकज र जयप्रकाशले कबाडको नाममा जनावरहरुको हड्डीको तस्करी गर्ने गरेका छन् । बिनय र दिनेश नामक तस्करले हार्डवेयरको तस्करी गरिरहेका छन् ।
यस्तै, प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको मातहतका एरिया बाट संजयले हड्डी र प्लास्टीकको दाना, पुरानो टायर लगायत विभिन्न किसिमका किराना सामग्रीको तस्करी गर्ने गरेका छन् । गुल्म अलौको क्षेत्रमा पर्ने अमरपट्टी र प्रसौनीभाठ्ठा नाकाबाट बिश्रामपुर घर भएका राजु रौनियर, फूलकौलका अशोक यादव, मुन्ना लगायतका तस्कर समूहहरुले दिनहु १० लाख बढिको ठुलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् ।
भारतबाट अवैध रुपमा भित्रियाईने समानहरु डिएसपी विकास अधिकारीको संरक्षण भएपछि प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको एरियामा व्यापक रुपले तस्करी फस्टाएको स्थानीय पनि बताउँछन् ।
सशस्त्रका डिएसपी विकास अधिकारीले सशस्त्र प्रहरी मधेश प्रदेश डिआईजी कालिदास धौबजी र सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाललाई चुनौती दिदै पर्साको गुल्म अलौंको एरियामा पर्ने सम्पुर्ण नाकाहरुबाट खुलेयाम तस्करी गराई माल कमाउ धन्दमा लागेका छन् ।
तस्करी बारे सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजी कालिदास धौवजी र सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाल पनि त्यस क्षेत्रबाट हुने तस्करी बारे राम्रै जानकार रहे पनि आफू बुझ्ने भन्दै तस्करी धन्दालाई नियन्त्रण गर्न नसकी तस्करहरुसंग मिलेर तस्करीको लाईन चलाईरहेका डिएसपी विकास अधिकारीको पक्षपोषण गर्न लागेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय