कलैया , ०२ श्रावण
बाराको कलैयामा यहि मँसिर २५ गते यातायात ब्यवस्था कार्यालयको उदघाटन भई पौष १२ गते देखि सँचालनमा आएको छ। यातायात व्यवस्था कार्यालय संचालनमा आएसँगै बारा लगायत अन्य जिल्लाबासीलाई खेप्नुपर्ने सास्तीको अन्त्य भएको छ।
कलैया मै यातायात कार्यालय स्थापना भएपछि विभिन्न सेवाका लागि सहज बन्दै गएको छ। जिल्लामै कार्यालय स्थापना हुँदा बाराबासीले सवारी अनुमति पत्र, सवारी दर्ता, नविकरण जस्ता काममा सहज भएको छ। सेवाका लागि अन्य जिल्लामा जानुपर्ने र महिनौ सम्म कुर्नुपर्ने समस्या हटेको छ।
यातायात व्यवस्था कार्यालय कलैयाबाट नै नयाँ लाईसेन्स लिनेदेखी सवारी नविकरण जस्ता सेवाहरु लिन बाहिर जानु नपर्ने भएको छ । भने सेवाग्राहीहरु सेवा लिन कार्यालयमा पुगि सहज रुपमा सेवा पाउने गरेको पाईन्छ।
कलैयामा सँचालन भएको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा नै तिन करोड ४८ लाख ५३ हजार ३८६ रुपैया राजश्व सँकलन गरेको छ।
यातायात व्यवस्था कार्यालय कलैयाले उक्त अवधिमा राजश्व शिर्षक १४२२५- यातायात आम्दानीमा १४ लाख ७८ हजार २५० रुपैया , राजश्व शिर्षक १४२२९- अन्य प्रशासनिक सेवा शुल्कमा १६ हजार पाँच सय , राजश्व शिर्षक १४२५६-चालक अनुमती पत्र , सवारी दर्ता किताव सम्बन्धि दस्तुरमा एक करोड १९ लाख चार हजार ५१० रुपैया र राजश्व शिर्षक ३३३४१- सवारी साधन करमा दुई करोड १४ लाख ५४ हजार १२६ गरी जम्मा तिन करोड ४८ लाख ५३ हजार ३८६ रुपैया राजश्व सँकलन गरेको जानकारी कार्यालयले दिएको छ।
साथै यातायात ब्यवस्था कार्यालय कलैयाले यहि फागुन २३ गते देखि नयाँ तथा वर्ग थप सवारीचालक अनुमति पत्रको लागि अनलाइन दरखास्त आहवान गर्ने गरेको छ। भने चैत्र ५ गतेदेखि सवारी चालक अनुमति पत्रको लागि लिखित तथा प्रयोगात्मक परिक्षा संचालनको सुरुवात भएको कार्यालयका प्रमुख महम्मद नवाज हुसैनले बताएका छन्।
कार्यालय प्रमुख महम्मद हुसैनको अनुसार छोटो समयमा नै यस कार्यालयवाट दुई हजार दुई सय ५० वटा नयाँ सवारी चालक अनुमती पत्र बितरण गरी ३५ लाख ३३ हजार राजश्व संकलन गरीएको छ। भने सवारी चालक अनुमती पत्रमा थप category मा पाँच सय ३० बितरण गरी दुई लाख ६५ हजार राजश्व सँकलन गरीएको छ।
यस्तै थप category सवारी चालक अनुमती पत्रको एक हजार पाँच ५४ आवेदनबाट ईन्ट्री फि सात लाख ७७ हजार , नयाँ सवारी चालक अनुमती पत्रको ६ हजार आठ सय ८८ आवेदनबाट ईन्ट्री फि ३४ लाख २२ हजार पाँच सय राजश्व सँकलन गरीएको जानकारी महम्मद हुसैनले दिएका छन्।
यस कार्यालयमा आउने सेवाग्राहीलाई हामीले मुस्कान सहितको सेवा छिटो छरितो प्रदान गरीएको हुनाले सेवाग्राहीहरु सेवा लिन कार्यालयमा सम्पर्क गर्न आग्रह समेत कार्यालय प्रमुख महम्मद हुसैनको गरेका छन्।