देबेन्द्र यादव ,वीरगंज,१ साउन । खुल्ला सीमनाकाको फाईदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरको रजगज कुनै नौलो विषय होईन । सीमानाकाबाट हुने अपराधिक गतिविधी तथा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर भारतसंग जोडिएको पर्साको अलौं नाकाबाट सशस्त्र प्रहरीको संरक्षणमा खुलेयाम तस्करी मौलाएको छ ।
भारतसंग सीमा जोडिएको पर्साको अलौं, झौवाठ्ठी नाकाहरुबाट सशस्त्र प्रहरी बल अलौंका डिएसपी विकास अधिकारीको संरक्षणा तस्करी भईरहेको पाईएको छ । यी नाकाहरुको प्रयोग गरि लता कपडा, हार्डवेयर, मोबाईल र मोबाईल पार्टस, औषधी, किराना पसल, इलेक्ट्रिक, प्याज लगायतका सामानको तस्करी भईरहेको छ । पर्साको अलौ,झौवाठ्ठी नाकाहरुबाट तस्करी गर्ने तस्करहरुसंग सशस्त्रका डिएसपी विकास अधिकारीले तस्करी वापत रकम असुल्ने गरेको स्रोतले जनाएको छ ।
निजर र धिरज भन्ने व्यापारीले मोटरसाईकलमा दिनहु २ लाख बढिको इलेक्ट्रिक पार्टपूर्जा, औषधी लगायतका तस्करी गर्ने गरेका छन् भने सोही नाकाबाट जटधारी र राजेश तस्कहरको समूहले मरिच र काजुको तस्करी गर्ने गरेका छन् । यस्तै, पंकज र जयप्रकाशले कबाडको नाममा जनावरहरुको हड्डीको तस्करी गर्ने गरेका छन् । बिनय र दिनेश नामक तस्करले हार्डवेयरको तस्करी गरिरहेका छन् ।
यस्तै, प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको मातहतका एरिया बाट सन्जयले हड्डी र प्लास्टीकको दाना, पुरानो टायर लगायत विभिन्न किसिमका किराना सामग्रीको तस्करी गर्ने गरेका छन् । यस्तै, गुल्म अलौको क्षेत्रमा पर्ने नाकाबट बिश्रामपुर घर भएका राजु रौनियर, फूलकौलका अशोक यादव, मुन्ना लगायतका तस्कर समूहहरुले ठुलो मात्रामा कपडाको तस्करी गरिरहेका छन् ।
भारतबाट अवैध रुपमा भित्रियाईने समानहरु डिएसपी विकास अधिकारीको संरक्षण भएपछि प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको एरियामा व्यापक रुपले तस्करी फस्टाएको स्थानीयले बताउँछन् ।
सशस्त्रका डिएसपी विकास अधिकारीले सशस्त्र प्रहरी मधेश प्रदेश डिआईजी कालिदास धौबजी र सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाललाई चुनौती दिदै पर्साको गुल्म अलौंको एरियामा पर्ने सम्पुर्ण नाकाहरुबाट खुलेयाम तस्करी गराई माल कमाउ धन्दमा लागेका छन् । यो तस्करी रोकिएन भन्ने एस्पि र डिआइजी को समेत मिलोमतो देखिन्छ ।।।