बारा ।। जिल्ला ट्राफिक प्रहरी कार्यलयका बारा प्रमुख रामकुमार महतोलाई सबै भन्दा बढी नजराना दिने बारिष्ठ हलबार तेज नरायण मिश्रालाई जितपुरको इन्चार्जमा पठाइएको छ।
बाराको ट्राफिक पोष्टहरुमा पैसाको बार्गेनिङको आधारमा इन्चार्जहरुको सरुवा गरिएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले असार १२ गते बाराका विभिन्न ट्राफिक पोष्टहरुको इन्चार्जहरुको सुरुवा गरेको थियो ।
सरुवाको किसिम हेर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले बार्गेनिङको आधारमा बढि पैसा दिनेलाई व्यस्त राजमार्ग र बजार क्षेत्रमा इन्चार्जको जिम्मेवारी दिएर पठाएको बुझन सकिन्छ । बाराको जीतपुर क्षेत्रमा ट्राफिक प्रहरी नायव निरिक्षक वा ट्राफिक प्रहरी सहायक निरिक्षकको ठाँउमा हवलदार र हवल्दारको ठाउमा सहायक निरीक्षक इन्चार्जको जिम्मेवारी दिएर पठाइएको छ ।
लाखौं महिनवारी दिने सर्तमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरिक्षक राम कुमार महतोले ट्राफिक पोष्टहरुको इन्चार्जको जिम्मेवारी दिएर पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको आन्तरिक स्रोतले जनाएको हो ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महतोले बिना कुनै स्वार्थको ट्राफिक इन्चार्जहरुको सरुवा भएको बताएका छन् । लाखौं महिनवारी दिने सर्तमा इन्चार्जलाई सरुवा गरिएको विषयमा उनले यो गलत हल्ला रहेको बताए ।