वडा प्रहरी कार्यालय विर्ताले ११ लाख बराबरको भन्सार छलीका सामग्री बरामद

वडा प्रहरी कार्यालय विर्ताले ११ लाख बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।

वीरगञ्जका विभिन्न स्थानबाट ११ लाख मूल्य बराबरको भन्सार छलीका सामग्री नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले बताए ।

तीन लाख ५० हजार बराबरका विभिन्न किसिमका चक्लेट, तीन लाख मूल्य बराबरको टेम्पर ग्लास, ५० हजार बराबरको सिसाको गिलास र चार लाख मूल्य बराबरको विभिन्न लत्ताकपडा बरामद गरिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

उनकाअनुसार बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय