पर्सा प्रहरीले संचालनमा ल्यायो स्मार्ट कन्ट्रोल रुम

बिरगंज ।। पर्सा प्रहरीले आजदेखि ‘स्मार्ट कन्ट्रोल रुम’ सेवा सञ्चालनमा ल्याएको छ । पर्साका प्रमुख जिल्ला अधिकार दिनेश सागर भुसालले ‘स्मार्ट कन्ट्रोल’ रुमको उद्घाटन गरेका हुन ।

उद्घाट गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले ‘स्मार्ट कन्ट्रोल’ बाट भुइँ मान्छेको समस्या समाधान तर्फ तदारुकता देखाउन प्रहरीलाई निर्देशन दिए । प्रहरीले आजदेखि सञ्चाल गरेको ‘स्मार्ट कन्ट्रोल’ सेवाको अवधारणा राम्रो रहेकोले त्यही बमोजिमको सेवा प्रवाह गर्न सुझाव दिए ।

सेवाग्राहीको काम छिटो छरितो बनाउनका लागि पर्सा प्रहरीले मधेश प्रदेशमा पहिलोपटक ‘स्मार्ट कन्ट्रोल’ रुम सेवा सञ्चालन ल्याइएको हो ।

समस्याको तत्काल सम्बोधन तथा अपराध रोकथाम हेतुले उपत्यकापछि पर्सामा पहिलोपटक ‘स्मार्ट कन्ट्रोल’ बाट सेवा प्रवाहको अवधारणा ल्याइएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार अब यो सेवामार्फत प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिइ त्यसको समाधानका लागि तुरुन्त प्रहरी परिचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय