वीरगन्ज २५ जेष्ठ सशस्त्र प्रहरी बल पर्साले अवैधरुपमा भित्राएको धान सहित ट्याक्टर पक्राउ गरेको छ।सशस्त्र प्रहरीले भन्सार छलि गरि भित्राएको धान वीरगन्ज १७ स्थित कोनियामा एनियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक बिकास अधिकारीको कमान्डमा खटिएको टोलीले बिमनपा- १७ स्थित कोनिया ईलाकाबाट भारतबाट अबैध रुपमा ना ४ त ९६०५ नम्बरको ट्र्याक्टरमा लोड गरि नेपालतर्फ ल्याउदै गरेको १२३ बोरा (५०५०) केजी १लाख७६ हजार ७५० रुपैयाँ बराबरको १२३ बोरा( ५०५० kg) धान तथा मूल्य रु.१५,००,०००।- बराबरको धान सहित ट्र्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक देबिन्द्र सिंहले जानकारी दिए।
सशस्त्र प्रहरी अलौ द्वारा( ५०५०)केजि मुल्य १५,००,०००।- बराबरको धान सहित ट्र्याक्टर नियन्त्रणमा
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech