प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्दै

आईतवार २०८१/०२/१३

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गरे अनुसार कांग्रेसले आजदेखि सडक प्रदर्शन सुरू गर्न लागेको हो।
काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार दिउँसो २ बजे प्रदर्शन सुरू हुने बताइएको छ। त्यसमा केन्द्रीय कार्यसमितिका नेताहरू सहभागी हुनेछन्।
बुधबारको केन्द्रीय समिति र संसदीय दलको बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन संसदबाट र सडकबाट पीडितको पक्षमा आवाज उठाउने निर्णय गरेको थियो।

सो अनुसार सातै प्रदेश र जिल्लाहरूमा पनि कांग्रेसले प्रदर्शन गर्न लागेको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय