ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रनि राई बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय बाराले ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक नविन राईलाई बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ।
प्रहरी निरिक्षक रााइले बैशाख महिनाको ६ गते पचरौता नगरपालिका वडा नं ४ स्थितबाट दई सय तिस किलो र सिम्रौनगढ बाट नै तिन किलो लागु औषध गाँजा मानिस सहित तिन जनालाई पक्राउ गरेका थिए।

त्यस्तै प्रहरी निरिक्षक राईले भारत बाट अबैध रुपमा भन्सार छली गरी ल्याएका सर-समानहरु मुल्य तिन लाख १५ हजार रुपैया बराबरको पक्राउ गरी दाखिला गर्नुको साथै फैसला कार्यान्वयन तर्फ फरार प्रतिवादी ५ जनालाई पक्राउ गरेका छन्। साथै राई आफु कार्यरत रहेको कार्यालयमा आफु मातहतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई परिचालन गरी आफ्नो वडा एरियामा कुनै पनि अपराधि गतिबिधि हुन गर्न नदिई आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले निर्वाह गरेका छन् ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा आउने सेवाग्राहीहरुलाई सरल तरिकाले सेवा प्रदान गरी निति निर्देशनलाई पूर्णरुपमा पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ कार्य सम्पादन गरी उत्कृष्ट कार्य सम्पादन गरेकोले जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काको हस्ताक्षरमा प्रहरी निरिक्षक राईलाई उत्कृष्ट कार्यको कदर स्वरुप बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरीएको छ।

साथै प्रहरी निरिक्षक राईलाई पुरस्कृत गरीएकोले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव परी
कार्यदक्षतामा अझ बढी प्रभावकारीता आउने बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको पत्रमा उल्लेख गरीएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय