एसएसबीद्वारा वीरगञ्ज–रक्सौलको मितेरी पुलबाट पेस्तोलसहित नेपाली नागरिक पक्राउ

वीरगञ्ज । वीरगञ्जको सीमावर्ती क्षेत्रबाट भारतीय प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । रक्सौलस्थित भारतीय एसएसबीले मितेरी पुलबाट हतियार पेस्तोलसहित नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

नेपालको नवलपरासी गैँडाकोटका २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोल र दुई थान म्याग्जिनका साथ पक्राउ गरिएको भारतीय एसएसबीले जनाएको छ । सोही क्रममा नवलपरासीकै विवेक मल्ल ठकुरी फरार भएको एसएसबीका सहायक कमान्डेट गुलाब कुार चौधरीले जानकारी दिए ।

उनकाअनुसार बरामद दुवै पेस्तोल ९ एमएमका हुन् । तिमध्ये एक मेड इन यू एस ए र अर्काे मेड इन इटली रहेको उनले बताए । एउटा पेस्तोलमा म्याग्जिन लोड थियो भने अर्काेमा थिएन ।

हत्या वा लुट तथा कुन प्रयोजनका लागि हतियारसहित भारत प्रवेश गर्न लागेको भन्ने यकिन भइसकेको छैन । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको भारतीय एसएसबीले जनाएको छ ।

दुई जना अपराधीक गतिविधिमा संलग्न व्यक्ति भारत प्रवेश गरेको विशेष सूराकीका आधारमा चेकजाँच गर्न खोज्दा दुवै जना डंकन रोडतर्फ भागेका थिए । अझै अगाडी बढेपछि उनीहरुले झाडीमा पेस्तोल र म्याग्जिन फालेका थिए ।

सोही क्रममा एक जनालाई एसएसबीले पक्राउ गर्न सपल भयो भने विवेक मल्ल ठकुरी भाग्न सफल भएको इन्स्पेक्टर राजीव नन्दन सिन्हाले बताए । नेपाल प्रहरीसँग समन्वय गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय