दुई सय १६ किलो लागू औषध गाँजा सहित दुई जना मानिस र ट्रक नियन्त्रणमा

बिरगंज ।। बारा प्रहरीले दुई सय १६ किलो लागू औषध गाँजा सहित दुई जना मानिस र ट्रकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

विशेष सूचनाको आधारमा सोमबार राती ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुर बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले लागू औषध गाँजा सहित दुई जना मानिस र ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बाराको निजगढ नगरपालिका वडा नं.१० लालपार्क स्थित रतनपुरबाट निजगढ तर्फ जादै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा ट्रक भित्र लुकाई छिपाई राखेको लागू औषध गाँजा बरामद गरेको हो ।

पक्राउ पर्नेमा ट्रकको चालक मकवानपुरको हाँडीखोला–६ परिवर्तित मनहरी गाउँपालिका वार्ड नम्बर ३ वतन भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने अन्दाजी ३२ वर्षीय आकाश भन्ने दिपक कोईराला र ट्रकमा सवार जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १३ पदम पोखरी बस्ने ३० वर्षीय जिबन घलान रहेको प्रहरीले जनाएको छ ।

लागू औषध गाँजा बरामद गरी दुबै जना सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको छ ।

यस सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट १० दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

प्रहरीले त्रि–वर्षीय विवरणमा आर्थिक वर्ष २०७८÷७९ मा चोरी निकासी ÷ पैठारीमा २ करोड ४३ लाख ८९ हजार २ सय ६२ रुपैयाको भन्सार बुझाएको छ भने ११ जना मानिसलाई पक्राउ गरेको थियोे ।

प्रहरीले त्रि वर्षीय विवरण सार्वजनिक गरेको छ ।

त्यसैगरी प्रहरीले ०८०÷०८१ मा अहिले हालसम्म ४८ करोड ४१ लाख ५४ हजार ८ सय ५७ रुपैयाँ बराबरको समान भन्सार कार्यालयमा बुझाएको छ । यस अवधिमा २० जना मानिसहरुलाई पक्राउ गरेको छ ।

यस्तै प्रहरीले ०७९÷८० मा १२ करोड ६१ लाख २३ हजार ९ सय ८९ रुपैयाँ बराबरको भन्सार बुझाएको छ भने १६ जना मानिसलाई पक्राउ गरेको थियोे ।

प्रहरीले आर्थिक वर्ष ०८०÷०८१ मा हालसम्म १ हजार २ सय ८ किलो ७३ ग्राम आगु औषध बरामद गरेको छ । ४२ वटा मुद्दा दर्ता र ५८ जना मानिसहरुलाई पक्राउ गरिएको छ ।

त्यस्तै स्रोत नखुलेको ३८ लाख ९ हजार रुपैयाँ बरामद गरिएको छ भने चार वटा हुण्डी कारोबार सम्बन्धी मुद्दा दर्ता भएको छ ।

हालसम्म हुण्डी कारोबारमा नेपाली ५ जना र भारतीय ३ जना पुरुष पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय