देबेन्द्र यादब
वीरगंज । राजश्व संकलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक प्रहरी संगठन पनि हो । जसले शान्ति सुरक्षा कायम गर्नुको साथै गैर अपराधीक गतिविधिलाई नियन्त्रण गर्ने गर्दछ । अर्थात सिमानाकाबाट तस्करी गरि राजश्व छल्ने अबैध कारोबारलाई नियन्त्रण गरि राज्यको राज्श्व संकलनमा पनि टेवा पुर्याउछ ।
सरकारको आम्दनीले साधारण खर्चै नधानिने, कर्मचारीले तलबै नपाउने अवस्था आउने त हैन भन्ने आशंका गरिराखिएको बेला आमदनीको प्रमुख स्रोत राजश्व संकलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक प्रहरी सङगठनका केही जिम्मेवार प्रहरीले राज्यले उठाउने दिनहुको लाखौ राजश्व छली गर्ने अबैध कारोबारलाई छुट दिएको पाईएको छ ।
सीमानाकाबाट हुने चोरी तस्करी जस्ता अबैध कारोबारलाई नियन्त्रण गरि राजश्व संकलनमा बढोत्तरी गर्न नेपाल सरकारले सीमानाकाको ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर त्यही प्रहरीहरुले अबैध आयात गर्ने व्यापारीहरुको साँटगाँठमा तस्करीलाई तिब्रता दिएको पाईएको हो ।
खासगरि भारतसंग जोडिएको बाराको ग्रामिण मटिअर्वा नाकाबाट प्रहरीको सेटिङ्गमा यतिबे्ला तस्करी गर्ने व्यापारीहरुलाई अबैध आयात गर्न भ्याईनभ्याई छ । बाराको अन्य नाकामा पनि तस्करहरुको रजगज नरहेको भन्ने पक्कै पनि होईन । तर सशस्त्र प्रहरी बल मटिअर्वाका सशस्त्र प्रहरी नायब उपरिक्षक डिएुसपीको मिलेमतोमा खुलेयाम तस्करी भईरहेको छ ।
तस्करले डिएसपी लाई हप्ता बुझाएर कप्डा , हार्डवेर, किराना सामान र हुन्डी लगायतका प्रतिवन्धित सामानहरु तस्करी गर्ने गरेको बताईन्छ । सहस्त्र प्रहरी संगठनमा बलियो पहुँच भएको फाईदा उठाउँदै सशस्त्र डिएसपीले ती तस्करसंग आर्थिक सेटिङ्गमा तस्करी गर्न छुट दिएका प्रहरी स्रोतको दाबी छ । तस्करी बन्द न भएपछि भिडिओ फोटो प्रमान समेत यस पर्सादैनिक ले प्रकासित गर्ने छ्।।।
बाराको मटिअर्वाबाट खुलेयाम तस्करी, असुलीमा सशस्त्रका डिएसपी
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech