जिल्लाको कमाण्ड सम्हालेका १५ दिन नबित्दै प्रहरी उपरीक्षक खड्काको ठुलो सफलता

बिरगंज ।। जिल्ला प्रहरी कार्यालय बाराको कमाण्ड सम्हालेका १५ दिन नबित्दै प्रहरी उपरीक्षक महेन्द्र खड्काले ठुलो सफलता हात पारेका छन्। प्रहरी उपरीक्षक खड्काले जिल्लामा शान्ति सुरक्षा तथा अपराधिक क्रियाकलाप नियन्त्रण स्वरुप विभिन्न समयमा तस्करीको समानहरु पक्राउ गर्दै आएका छन्। बिहिबारट राति नै लागु औषध गाँजा दुई सय तिस किलो सहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरी उपरीक्षक खड्काले बिहिबार दिउँसो पत्रकार सम्मेलन गरी उक्त जानकारी सार्वजनिक गरेका छन्। पत्रकार सम्मलेनको आयोजना गर्दै प्रहरी उपरीक्षक खड्काले ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलिले पचरौता नगरपालिका वडा नं.४ ईनर्वाबाट एक राउण्ड गोलि प्रहार गरी उक्त लागु औषध गाँजा बरामद गरेको जानकारी दिएका छन् ‌

चार वटा जुटको बोरामा लागु औषध गाँजा राख्दै गरेको अवस्थामा प्रहरीलाई देखि भाग्न खोज्दा प्रहरीद्वारा १ राउण्ड गोली हवाई फायर गरी एक जनालाई नियन्त्रणमा लिईएको जानकारी दिदैं सोही स्थानको कलभर्ट मुनि प्लाष्‍टिकमा बेरी लुकाई छिपाई राखेको लागु औषध गाँजा दुई सय तिस किलो बरामद गरीएको बताएका छन्।

साथै पक्राउ पर्नेमा जिल्ला रौतहट, फतुवा बिजयपुर नगरपालिका वडा नं ०४ टेगमराहा बस्ने बर्ष २३ को चन्दन पासवान रहेका छन्। पासवान सहित लागुऔषध बरामद गरी कानुनी प्रकृया अगाडि बढाइएको जानकारी समेत उक्त पत्रकार सम्मेलन दिईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय