सशस्त्र प्रहरी बल बिओपि बरैनिया बाराले धमाधम तस्करी का समान समाउदै सवा दुई लाख को समान बरामद गरेका छन ।

बारा ०२ बैशाख /
सशस्त्र प्रहरी बल बाराले भन्सार छलि ल्याइएको विभिन्न किसिमको अवैध समानहरु बरामद गरेकाछन । सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराको मातहतमा रहेका बोडर आउट पोस्ट ( बिओपी ) बरैनिया बाराको बिओपी पति सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्ड खटिएको टोलिले भारतबाट अवैध तरिकाले भन्सार छलि नेपाल तर्फ ल्याउन्दै गरेको अवस्थामा मुसहर्वाबाट तीन बोरा काफी , कुर्ता सुरवाल , साडी तेल , चिनि , लेडिज स्वीमीङ कस्टियुम , क्याटरीङको विभिन्न समानहरु बारामद गरि २ लाख १८ हजार ४०५ मूल्याकंन गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज बुझाएको सशस्त्र प्रहरी बल बाराले बताए ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय