९लाख ५० हजार भारतीय रुपैया सहित दुई नेपाली नागरिक पक्राउ

बारा, २० चैत्र / बारा जिल्लाको मटीअर्वा नाकाबाट सशस्त्र प्रहरीले ९ लाख ५० हजार भारतीय रुपैया सुहित दुई नेपाली नागरिकलाई पक्राउ गर्न सफल भएको छ । बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवालको कमाण्डमा खटिएको टोलीले ९ लाख ५० हजार भारतीय रुपैया सुहित दुई नेपाली नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।
बोर्डर आउट पोष्ट मटीअर्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर १० मटीअर्वाबाट भारतीय रुपैया सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । मधेस प्रदेश ०३—०२५ प ३९३६ नम्बरको २२० सिसिको मोटरसाइकललाई शंका लागि चेकजाच गर्दा भारतीय रुपैया सहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बारा श्रीनगर बैरिया वडा नम्बर ८ हाल पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने ३२ बर्षिय श्यामबाबु सहनी र सोही ठाउ बस्ने २२ बर्षिय भुलन पटेल रहेको प्रहरीले जनाएको छ । बरामद भएको ९ लाख ५० हजार भारतीय रुपैया सहित दुवै जनालाई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय