
बिरगंज ।। पर्सा प्रहरीले शनिबार एक घरमा छापामारेर दुई चिनियाँ नागरिक सहित दर्जन भन्दा बढि कम्प्युटर नियन्त्रणमा लिएको छ । वीरगंज १५ लक्ष्मणवा स्थित नृसिंग स्कुल नजिक एक घरमा छापामारेर करिब २० भन्दा बढि कम्प्युटर ,ईलेक्ट्रनिक समान सहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । बिशेष सुचनाका आधारमा प्रहरीले दिउँसो दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकहरु माथि थप अनुसन्धान भईरहेको पर्सा प्रहरीका डिएसपी एवं प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए । वीरगंजबाट चिनियाँ नागरिकको संलग्नतामा अबैध गतिबिधि भईरहेको सुचनाको आधारमा घरमा छापा मारेको प्रहरीले जनाएको छ ।