बिरगंज ।। सर्लाही प्रहरीले २ जना भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलि सहित पक्राउ गरेको छ ।
मिति २०८०।१२।०५ गते अं. २०:४५ बजेको समयमा विषेश सुचनाको आधारमा जिल्ला सर्लाही बरहथवा न.पा. ६ मगर टोल स्थितमा इ.प्र.का. बरहथवा सर्लाही बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले खोजतलास गर्दै जाँदा भारत बिहार प्रदेश जिल्ला सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने लक्ष्मण सिंहको छोरा अं. वर्ष २८ को सन्नी कुमार सिंह र ऐ मोतिहारी गंगापिपरा बस्ने अशोक राउतको छोरा अं. वर्ष २४ को जितेन्द्र कुमार राउतको ऐ स्थानमा रहेको डेरामा शंका लागि चेक जाँच गर्दा जितेन्द्र कुमार राउतले आफ्नो साथमा रहेको 9mm Auto Pistol made in USA लेखेको पेस्तोलबाट १ (एक) राउण्ड गोली फायर गरेको, निजहरु सहित 9mm Auto Pistol made in USA थान १ (एक), ऐ को म्याग्जिन थान १ (एक), ऐ को गोली – ६ राउण्ड र फायर भएको खोका थान १ भारतिय नं. प्लेटको मो.सा. सहित नियन्त्रणमा लिई यस का. मा ल्याई राखेकोमा थप अनुसन्धानको लागि निज व्यक्तिहरुलाई तालुक जि.प्र.का. सर्लाही लैजाने क्रममा ऐ बसबरिया गा.पा. ६ पोखरीयाबाट अं. ७०० मिटर अगाडी मलंगवा तर्फको बाटोमा गाडीबाट भाग्ने क्रममा निज जितेन्द्र कुमार राउतलाई नियन्त्रणमा लिने क्रममा प्रहरीबाट चाईनिज पेस्तोल टाईप 54 बाट ५ राउण्ड फायर खोल्दा निज जितेन्द्र कुमार राउतको बाँया घुडा, दाहिने तिघ्रामा २ राउण्ड गोली लागि, निजको प्रादेशिक अस्पताल मलंगवामा उपचार भई रहेकोमा थप उपचारको लागि जनकपुर रिफर भएको, अवस्था मध्यम थप अनुसन्धान कार्य भईरहेको ।
अमेरिकन पेस्तोल सहित २ जना डाँका पक्राउ
ताजा समाचार
लोकप्रिय
© 2025 Parsa Dainik | All Right Reserved | Privacy Policy
Powered by: ProTech