बारा ।।। यातायात ब्यवस्था कार्यालय कलैया बाराको कार्यालय प्रमुख महम्मद नवाज हुसैनको लगनशिलले बारामा लाईसेन्सको कोटा निर्धारण भएको छ।
महम्मद नवाज हुसैनको यातायात ब्यवस्था कार्यालय कलैया बारामा मंसिर १८ गते सरुवा भएको थियो। सरुवा भएको एक हप्तामा नै उहाँले गँगापुर स्थित शिक्षक तालिम केन्द्रको खण्डर भवनमा मँसिर २५ गते कार्यालय उदघाटन गराएका छन्। कार्यालय उदघाटन मधेश प्रदेशको तत्कालीन श्रम तथा यातायात मन्त्री चन्दन सिंहले उदघाटन गरेका थिए।
उदघाटन भएको दुई हप्ता नबित्दै कार्यालय प्रमुख महम्मद नवाज हुसैनले आफ्नो लगानशिलताको प्रदर्शन गर्दै कार्यालय ब्यवस्थापनसँगै पौष ११ गतेबाट सवारी चालक अनुमतीपत्रको नबिकरण र सवारी किताबको नबिकरण कार्य सुचारु गराउन सफल भएका छन्। भने माघ ८ गते देखि पथलैया स्थित पटके सवारी कार्यालय उदघाटन गराएका छन्।
सवारी चालक अनुमतीपत्र र सवारी चालक कितावको नबिकरणबाट र पटके सवारी मार्फ कार्यालय प्रमुख महम्मद नवाज हुसैनले दुई महिनाभित्रमा अर्थात फागुन ११ गतेसम्ममा ४७ लाख ८५ हजार ९६८ रुपैया राजश्व समेत उठाउन सफल भएका छन्।
कार्यालय प्रमुख महम्मद हुसैनको कार्यशैलिले
यातायात ब्यवस्था कार्यालय कलैया बारामा आउने सेवाग्राहीहरु समेत छिटो छरितो सेवा पाउने गरेको जानकारी कलैया उपमहानगरपालिका वडा नं १४ बस्ने दिनेश प्रसादले बताएका छन्। साथै दिनेश प्रसादले सवारी किताब नबिकरण गर्न पुग्दा ५ मिनेटमा नै आफ्नो सवारी किताव नबिकरण भएको भन्दै कार्यालय प्रमुख महम्मद हुसैनको खुलेर नै प्रशांसा गरेका छन्। साथै छिटो छरितो सेवा पाएकामा खुशी समेत ब्यक्त गरेका छन्।
यति मात्र होईन कार्यालय प्रमुख महम्मद मवाज हुसैनको कडा मिहिनेतले मन्त्रालयबाट यातायात ब्यवस्था कार्यालय कलैया बाराको लागि नयाँ सवारी अनुमतिपत्र कोटा समेत निर्धारण गरीएको छ। भने बुधबारबाट नयाँ सवारी चालक अनुमतीपत्र ( लाईसेन्स ) को अनलाईन आवेदन समेत सँकलन कार्य सुचारु भएको छ।
सवारी चालक अनुमती पत्रको लागि मिनि ट्रक , मिनि बस , हेबि गाडी वाहेक सम्पुर्ण किसिमको सवारी चालक अनुमती पत्रको आबेदन सँकलन कार्य भईरहेको जानकारी कार्यालय प्रमुख महम्मद हुसैनले यस पत्रिकालाई पहिलो जानकारी दिएका छन्। साथै सवारी चालक अनुमती पत्र ( लाईसेन्स ) को आबेदन प्रत्येक हप्ताको शनिबार , आईतबार, सोमबार र मँगलबार अनलाईन मार्फत भर्न सकिने जानकारी दिएका छन्। यसरी अनलाईन फर्म भरेपछि बायोमेट्रिकको मितिमा कार्यालयमा आई बायोमेट्रिक गराउनुपर्ने समेत कार्यालय प्रमुख महम्मद हुसैनले जानकारी दिएका छन्।