कलैया , २४ फागुन
बाराको प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेको बारेमा समाचारहरु बिभिन्न सँचारमाध्यममा प्रकाशन हुदै आएको छ। समाचार प्रकाशन भएपनि प्रमुख प्रशासकीय अधिकृत लामिछानेको मनोमानी रोकिएको छैन।
प्रमुख प्रशासकीय अधिकृत लामिछाने राष्ट्रिय स्वतन्त्रता पार्टीको सभापति रबि लामिछानेको नातामा भाई रहेकोले मनोमानी गर्दै आएको छन। अब उप्रान्त रबि लामिछाने नेपालको गृहमन्त्री भएपछि प्रमुख प्रशासकीय अधिकृत लामिछाने खुट्टा नै जमिनमा रहने छैन।
प्रमुख प्रशासकीय अधिकृत लामिछाने दाई रवि लामिछानेको धाक लगाउदै गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटोलाई पनि नचाउने गरेको तथ्य पहिलाको समाचारहरूबाट उजागर भएको छ। गाउँपालिका अध्यक्ष भुटो प्रमुख प्रशासकीय अधिकृत लामिछानेको अगाडि निरहि जस्तै रहने गरेको स्थानीयहरु समेत बताउने गरेका छन।
गाउँपालिका अध्यक्ष भुटो पनि निरहि किन नरहोस् प्रमुख प्रशासकीय अधिकृत लामिछाने उनको भ्रष्टाचारमा खुलेर नै साथ दिने गरेको गुनासोको रहेको छ। गाउँपाकिका अध्यक्ष र उनका आसेपासेलाई योजना दिने लगायत करारमा नियुक्ति समेत प्रमुख प्रशासकीय अधिकृतको लामिछाने गरी दिने र त्यो गरे बापत कमिशन उठाउने गरेको कार्यालय श्रोतको दाबी रहेको छ।
प्रमुख प्रशासकीय अधिकृत लामिछानेको बारेमा समाचार लेख्ने तथा भ्रष्टाचार उजागर गर्ने पत्रकार तथा स्थानीयहरु कार्यालयमा आएको बेला दुर्व्यवहार गर्न समेत पछि नहट्ने गरेकोले अब स्थानीयहरु उहाँबाट आजित भएका जानकारी प्राप्त भएको छ।
यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेको मोवाइल नम्वर ९८४५४०२२२२ मा सम्पर्क गर्दा फोन रिसिभ गरेका छैन्न।