फागुन २३, २०८०
नेपाली कांग्रेसले एमाले र माओवादीसहितको गठबन्धनमा बनेको नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिने गम्भीर कदम चालेको खुलासा भएको छ ।
लोकान्तरको सम्पर्कमा आएका विश्वस्त स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको अफर गरेको
देउवाले हिजो राति ओलीलाई प्रधानमन्त्रीको अफर गरेका हुन् भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि निरन्तर वार्ता अगाडि बढाएका छन् ।
स्रोतका अनुसार कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि नयाँ बनेको गठबन्धनमा हतारमा सहभागी नहुन सन्देश पठाइसकेको छ
‘एमालेका उच्च नेतालाई कांग्रेसको उच्च नेतृत्वले फोन गरेरै देशको राजनीतिक स्थायित्व र अर्थतन्त्र जोगाउन पनि दुई पार्टी मिल्नुको विकल्प नभएकाले ओलीजी नै प्रधानमन्त्री बन्नुस्, दुई पार्टी मिलेर सरकार चलाऊ भन्ने प्रस्ताव गरेको छ,’ स्रोतले भन्यो, ‘एमालेभित्र कांग्रेसको नयाँ प्रस्तावले तरंग ल्याएको छ ।’
कस्तो कदम चाल्नेमा भने एमाले नेताहरू कुनै निष्कर्षमा पुगिसकेका छैनन् ।
यद्यपि एमाले र माओवादी दुवै पार्टीका नेताहरूले कांग्रेसको नयाँ कसरतबारे आफूहरूलाई कुनै जानकारी नरहेको लोकान्तरसँग बताए ।
स्रोतका अनुसार देउवाले लिङ्देन र नेपालसमक्ष प्रचण्ड गठबन्धनको सरकारमा सहभागी नहुन सन्देश पठाएका छन् ।
बुधवार बिहान देउवा पत्नी आरजु देउवासहित माधव नेपालको निवास कोटेश्वर पुगेका छन् ।