इनर्वा प्रहरी वीरगन्ज द्वारा लागू औषधसहित ४ जना पक्राउ ।

बिरगंज । इनर्वा प्रहरी चौकिले लागु औषधसहित ४ जना ब्यक्तिहरु लाइ पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। सोमबार साझ अन्दाजी ५.३० बजेको समयमा प्रहरी चौकी इनर्वा वीरगन्जका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा वीरगन्ज महानगर वडा नं.१६ रजतजयन्ती चोकबाट रक्सौल बाट वीरगन्ज तर्फ आइरहेको स्कुटी चालकको हेल्मेटभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २४० मि.ग्राम सहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रौतहट गुजरा न.पा.वडा नं.३ कटानी बस्ने वर्ष ३२ को भिम बहादुर वाईवा र सोही बस्ने वर्ष २५ को मिलन तामाङ रहेको पर्सा प्रहरीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाए ।
त्यस्तै गरि सोमबार को दिन प्रनानि सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले अन्दाजी राती ८.३० बजेको समयमा वीरगन्ज महानगर वडा नं.१६ शंकराचार्य गेटमा रक्सौलबाट वीरगन्ज तर्फ आइरहेका मकवानपुर जिल्लाको हेटौडा उपमहानगर वडा -४ बस्ने वर्ष ३२ को गणेश घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र मकवानपुरको बकैया गाउपालिका वडा -५ बस्ने वर्ष ३५ को बिकाश भोलनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ४५ सेट फेला परेको हुँदा २ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ४ जनाहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय