वीरगन्जमा ८७८ एम्पुल लागूऔषधसहित दुई भारतीय महिला पक्राउ

वीरगन्ज,२२फाल्गुनःवीरगन्जबाट प्रहरीले नेपालामा प्रतिबन्धित लागूऔषधसहित दुईजना महिलालाई पक्राउ गरेको छ ।भारतको रक्सौलबाट लागुऔषध लिएर वीरगन्ज आउँदै गरेको अवस्थामा दुई भारतीय महिलालाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारको जिल्ला पूर्वी चम्पारणको रामगढवा घर भएकी ४३ बर्षिया रुकसाना खातुन र त्यँही ठाउँकी २० बर्षिया अपसना खातुन रहेका छन् ।

रक्सौलबाट पैदल आइरहेका दुवै महिलालाई रजतजयन्ति चोकमा रोकेर चेकजाँच गर्दा रुकसानाको साथबाट बुप्रेनोर्फिन १४४ एम्पुल, डाइजेपाम १४९ एम्पुल र फेनरागन १३१ एम्पुल तथा अपसानाको साथबाट बुप्रेनोर्फिन१४८ एम्पुल, डाइजेपाम १४७ एम्पुल, फेनरागन १४७ एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

दुवै महिलाको साथबाट गरी ८७८ एम्पुल लागूऔषध बरामद भएको उनले बताए ।दुवै जनालाई प्रहरीको हिरासतमा राखेर लागूऔषध कसूर सम्बन्धी मुद्धामा थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय