आईजीपी कुँवरद्वारा प्रहरीको राशन भत्ता बढाउन गृह मन्त्रालयमा पत्राचार

काठमाडौं । महँगीअनुसार राशन भत्ता बढाउन नेपाल प्रहरीले सरकारलाई आग्रह गरेको छ ।नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले बजार मूल्य र मुद्रास्फितिलाई समेत ध्यानमा राखी राशन भत्ता बढाउन गृह मन्त्रालयमा केही दिनअघि पत्राचार गरेका हुन् ।डेढ वर्षअघि सरकारले प्रहरीको राशन भत्ता सरकारले १५ प्रतिशतले बढाएको थियो । ५ वर्षको अवधिपछि राशन भत्ता बढेको थियो ।
तर, पनि जिल्लाको राशन लागत अनुमानभन्दा ज्यादै कम मात्र प्रहरीले पाउँदै आएका छन् । हाल सरकारले दिएको राशन भत्ताले प्रहरीले खानै नपुग्नै भन्दै बढाउन माग हुँदै आएको छ ।
हरेक जिल्लामा राशन भत्ता फरक फरक हुन्छ । काठमाडौं उपत्यकामा हाल प्रतिदिन २०१ रुपैयाँ छ । तर, जिल्ला राशन लागत अनुमान समितिले ३९५ रुपैयाँ कायम गरेको छ ।प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले नै बजार मूल्यका आधारमा यस्तो निर्धारण गरेको हो । जून दरभन्दा सरकारले आधा मात्र राशन भत्ता दिएर सुरक्षाकर्मीलाई शोषण गर्दै आएको छ ।
प्रहरीले राशन लागत अनुमानअनुसार नै राशन भत्ता उपलब्ध गराइदिन आग्रह गरेको छ । गृह मन्त्रालयका एक अधिकारी नयाँ आर्थिक वर्षदेखि राशन भत्ता बढ्ने सम्भावना रहेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय